२०८३ साउन २१ गते बिहीबार

विमान दुर्घटनाबाट २९ शव निकालियो

विमान दुर्घटनाबाट २९ शव निकालियो

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ माघ १ गते आइतबार ०१:१९

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरिक्षक ज्ञानबहादुर खड्काका अनुसार २९ जनाको शव निकालिएको हो ।

पोखरा

पोखराको सेती खोंचमा भएको यति एयरलायन्सको विमान दुर्घटनास्थलबाट २९ जनाको शव निकालिएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरिक्षक ज्ञानबहादुर खड्काका अनुसार २९ जनाको शव निकालिएको हो ।
एटिआर–७२ उक्त जहाजमा ६८ जना यात्रु र चालक दलका पाँच जना सवार रहेको यति एयरलाइन्सले जानकारी दिएको छ ।

९ एन एएमसी कल साइनको उक्त जहाज काठमाडौंबाट १० बजेर ३३ मिनेटमा उडेको थियो । फेवाताल ड्यामसाइडबाट मोडिदै गर्दा सेती खोंचमा दुर्घटना भएको प्रत्यक्षदर्शीले बताएका छन् । उद्धार जारी छ । विमानस्थल दुर्घटनास्थलमा हजारौंको भिड लागेको छ ।

प्रकाशित मिति २०७९ माघ १ गते आइतबार ०१:१९
हजुरको प्रतिक्रिया