२०८३ साउन २१ गते बिहीबार

काेराेनाका कारण मृत्यु हुनेकाे सरकारी तथ्याङ्क र सेनाकाे तथ्याङ्क फरक

काेराेनाका कारण मृत्यु हुनेकाे सरकारी तथ्याङ्क र सेनाकाे तथ्याङ्क फरक

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७७ असोज ३० गते शुक्रबार ०७:५६

पाेखरा । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभर हालसम्म ७१५ जनाको मृत्यु भएको जनाएको छ । तर नेपाली सेनाले हालसम्म ८८९ जनाको शव व्यवस्थापन गरिसकेको तथ्यांक उपलब्ध गराएपछि सरकारले कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट नेपालमा...

सरकारी तथ्याङ्क भन्छ ७१५काे मृत्यु, सेनाकाे तथ्याङ्कमा ८८९ जनाको शव व्यवस्थापन

पाेखरा । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभर हालसम्म ७१५ जनाको मृत्यु भएको जनाएको छ । तर नेपाली सेनाले हालसम्म ८८९ जनाको शव व्यवस्थापन गरिसकेको तथ्यांक उपलब्ध गराएपछि सरकारले कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट नेपालमा मृत्यु भएकाहरुको संख्या लुकाएको हुनसक्ने तथ्य खुलेको छ ।

काेराेना संक्रमणबाट मृत्यु भएकाहरुको शव व्यवस्थापन नेपाली सेनाले मात्र गर्दै आएको छ । शव व्यवस्थापनबारे सेनाको पृतनाहरुलले विस्तृत विवरण केन्द्रमा पठाउने गरेका छन् । त्यसअनुसार सबैभन्दा धेरै उपत्यका पृतनाले हालसम्म ४४४ वटा शव व्यवस्थापन गरेको छ । मध्य पृतनाले १३९, पूर्वी पृतनाले ९८, मध्यपश्चिम पृतनाले ८५, मध्य पूर्वी पृतनाले ५४, उत्तर पश्चिम पृतनाले ४१, पश्चिम पृतनाले १७ र सुदूरपश्चिम पृतनाले ११ शव व्यवस्थापन गरेको पाइएको छ । सैनिक उच्च स्रोतका अनुसार सेनाले व्यवस्थापन गरेका ८८९ शवमध्ये केही क्वारेन्टिनमा आत्महत्या गरेर कोरोना संक्रमण पुष्टि भएकाहरुको संख्या पनि छ, जसलाई स्वास्थ्य तथा जनस‌ंख्या मन्त्रालयले कोरोना संक्रमणबाट मृत्यु भएकाहरुको तथ्यांकमा समावेश गर्ने गरेको छैन ।

साथै उपचारका क्रममा मृत्यु भएर आफन्तले शव व्यवस्थापन गरेका केही व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएकाले नेपालमा कोरोना संक्रमणबाट मृत्यु भएकाहरुको संख्या सेनाले उपलब्ध गराएको अंक आसपासमै भएको स्रोतको दाबी छ ।

नेपालमा काेराेना संक्रमणबाट पहिलो पटक जेठ ३ मा सिन्धुपाल्चोक, बाह्रबिसेकी २९ वर्षीया महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टि भएको थियो ।

प्रकाशित मिति २०७७ असोज ३० गते शुक्रबार ०७:५६
हजुरको प्रतिक्रिया