२०८३ साउन २१ गते बिहीबार

विमान दुर्घटनाबाट ३६ शव निकालियो

विमान दुर्घटनाबाट ३६ शव निकालियो

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ माघ १ गते आइतबार ०२:५९

३६ जनाको शव निकालेर पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पु¥याइएको हो ।

पोखरा

पोखराको सेती खोंचमा भएको यति एयरलायन्सको विमान दुर्घटनास्थलबाट ३६ जनाको शव निकालिएको छ । ३६ जनाको शव निकालेर पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पु¥याइएको हो ।

एटिआर–७२ उक्त जहाजमा ६८ जना यात्रु र चालक दलका चार जना सवार रहेको यति एयरलाइन्सले जानकारी दिएको छ ।

९ एन एएमसी कल साइनको उक्त जहाज काठमाडौंबाट १० बजेर ३३ मिनेटमा उडेको थियो । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको टावरबाट १० बजेर ५५ मिनेटमा सेती खोंचमा सम्पर्क रहेकोे यति एयरलायन्सले जानकारी दिएको छ ।

दुर्घटनास्थलमा उद्धार जारी रहेको छ । नेपाली सेना, नेपाल प्रहरी उद्धारमा खटिएका छन् ।

प्रकाशित मिति २०७९ माघ १ गते आइतबार ०२:५९
हजुरको प्रतिक्रिया