२०८३ असोज २३ गते शुक्रबार

गण्डकीको उपसभामुखमा बिना र पार्वती उम्मेदवार

गण्डकीको उपसभामुखमा बिना र पार्वती उम्मेदवार

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ माघ २ गते सोमबार ११:५६

पोखरा । गण्डकी प्रदेश सभाको उपसभामुखमा सत्तारुढ गठबन्धनबाट नेकपा एमालेकी बिनाकुमारी थापा र नेपाली कांग्रेसबाट पार्वती तामाङ उम्मेदवार बन्ने भएका छन् । थापा बागलुङ र तामाङ लमजुङका हुन् । दुवै समानुपातिक सांसद हुन् । आजै दिउँसो...

पोखरा । गण्डकी प्रदेश सभाको उपसभामुखमा सत्तारुढ गठबन्धनबाट नेकपा एमालेकी बिनाकुमारी थापा र नेपाली कांग्रेसबाट पार्वती तामाङ उम्मेदवार बन्ने भएका छन् ।

थापा बागलुङ र तामाङ लमजुङका हुन् । दुवै समानुपातिक सांसद हुन् ।

आजै दिउँसो २ बजे बस्ने संसद बैठकमा उपसभामुख चयन गर्न मत विभाजन हुने संसद सचिवालयका सूचना अधिकारी प्रेम सुवेदीले जानकारी दिए ।

पोखरामा आइतबार भएको विमान दुर्घटनालाई लिएर सरकारले आज शोक बिदा दिएको छ । तर, संवैधानिक जटिलताले गर्दा प्रदेश सभा बैठक नरोकिने र उपसभामुख चयन गरिने भएको हो ।

पहिलो बैठक बसेको १५ दिनभित्र प्रदेश सभामुख र उपसभामुखको निर्वाचन हुनुपर्ने संवैधानको धारा १८२ (१)मा व्यवस्था छ । त्यसो भएकाले आज उपसभामुख चयन गर्नैपर्ने संवैधानिक बाध्यता छ ।

माओवादी केन्द्रका कृष्णप्रसाद धिताल गत ३० पुसमा सभामुख निर्वाचित भएका थिए ।

प्रकाशित मिति २०७९ माघ २ गते सोमबार ११:५६
हजुरको प्रतिक्रिया