२०८३ साउन २१ गते बिहीबार

सँगै बाँच्ने कसम खाएथे, सँगै ज्यान गुमाए, वृद्ध बा-आमाकाे नजर बाटाेतिरै

सँगै बाँच्ने कसम खाएथे, सँगै ज्यान गुमाए, वृद्ध बा-आमाकाे नजर बाटाेतिरै

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ माघ २ गते सोमबार ०७:४५

पाेखरा श्रीमान अमेरिका र श्रीमती अस्ट्रेलियामा थिए । उनीहरूले याेजना बनाएँ, पुस अन्तिम साता काठमाडौंबाट पाेखरा जाने । घर माइत पुग्ने र वृद्ध बाआमा भेट्ने । दुई मुटु दुइतिर भएर नबस्ने । यसैपटक विवाह दर्ता गर्ने र दुबै जना अमेरिकामा...

पाेखरा
श्रीमान अमेरिका र श्रीमती अस्ट्रेलियामा थिए । उनीहरूले याेजना बनाएँ, पुस अन्तिम साता काठमाडौंबाट पाेखरा जाने ।

घर माइत पुग्ने र वृद्ध बाआमा भेट्ने । दुई मुटु दुइतिर भएर नबस्ने । यसैपटक विवाह दर्ता गर्ने र दुबै जना अमेरिकामा सँगै बस्ने ।

यही याेजनाअनुसार पाेखराका शिवकुमा गुरूङ अमेरिकाबाट पुस २७ मा काठमाडौं ओर्लिए । अस्ट्रेलियादेखि अनुस्का गुरूङ पनि काठमाडौं ओर्लिइन् । २ वर्षअधिमात्र उनीहरूले विवाह गरेका थिए ।

विवाहसँगै उनीहरू फेरि छुट्टिन विवश थिए, कास्की दाङसिङकी अनुस्का अस्ट्रेलियामा पढ्दै थिइन् भने शिवुले अमेरिकामा व्यापार । छिट्टै भेट्ने गरेर छुट्टिएका उनीहरू भेटेर पाेखरा जाने याेजनामा थिए ।

‘पुस महिनामा जानू त्यति राम्राे नहुने मान्यता पनि थियाे । त्यसैले पनि सक्रान्ति मान्ने गरि पाेखरा जाने, बाआमा भेट्ने । विवाह दर्ता गर्ने सँगै बस्ने प्रक्रिया अगाडि बढाउने याेजना उनीहरूकाे थियाे,’ शिवका दाइ (काकाकाे छाेरा) ज्याेति गुरूङले भने, ‘त्यसैअनुरूप १ गते बिहानै जहाजमा पाेखरा ओर्लिँदै थिए ।’

काठमाडौंबाट जुन जहाजमा उनीहरू पाेखरा ओर्लिँदै थिए, त्यही जहाज बिहान करिब ११ बजे सेती खाेंचमा दुर्घटनामा पर्याे । सँगै बाँच्ने कसम खाएका उनीहरूले एकै ठाउँमा ज्यान गुमाए ।

७६ वर्षीय सुबेदार भक्तबहादुर र ७२ वर्षीय आमा बुद्धिसुब्बा गुरूङ छाेराकाे बाटाे हेरेर बसिरहेका थिए । तर, उनीहरूका नजरमा छाेरा बुहारी परेनन् । बाआमाले सडकमा नजर बिछ्याइरहे तर त्यही बाटाे भएर छाेराबुहारीकाे मृत्युकाे खबर आउँदा उनीहरू विक्षिप्त छन् ।

आफैं डाँडामाथिका घाम बनेका उनीहरूले एकमाात्र छाेरा-बुहारीकाे मृत्युकाे खबर सुन्दा विलापमा छन् ।

शिवले पहिलाे घरबार बिग्रिएपछि अनुस्कासँग दाेस्राे विवाह गरेका थिए । बाआमा धम्पुसबाट आएर बगालेटाेलमा घर रूघिँरहेका थिए ।

अहिले उनीहरूकाे शव पाेखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएकाे छ ।

‘हामी आफन्त भाइबुहारी शव बुझ्न अस्पतालमा पर्खिरहेका छाैं,’ ज्याेतिले भने, ‘उता बाआमा छाेराकाे मृत अनुहार एकचाेटी भए पनि हेर्न तड्पिरहेका छन् ।’

प्रकाशित मिति २०७९ माघ २ गते सोमबार ०७:४५
हजुरको प्रतिक्रिया