२०८३ साउन २१ गते बिहीबार

थप एकजनाको शव भेटियो, २ जनाको भोलिमात्रै खोजी गरिने

थप एकजनाको शव भेटियो, २ जनाको भोलिमात्रै खोजी गरिने

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ माघ २ गते सोमबार ०७:४९

पोखरा यती एअरलाइन्स विमान दुर्घटनामा परेको बेपत्ता रहेका थप एकजनाको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय प्रमुख एसपी अजय केसीले शवलाई पोखरा विज्ञान प्रतिष्ठानमा ल्याइएको जानकारी दिए । योसँगै ७० जनाको शव फेला परेको छ । एसपी...

पोखरा

यती एअरलाइन्स विमान दुर्घटनामा परेको बेपत्ता रहेका थप एकजनाको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय प्रमुख एसपी अजय केसीले शवलाई पोखरा विज्ञान प्रतिष्ठानमा ल्याइएको जानकारी दिए ।

योसँगै ७० जनाको शव फेला परेको छ ।

एसपी केसीले अज्ञात अवस्थामा रहेका २ जनाको भने भोलिमात्रै खोजी गरिने जानकारी दिए । ‘त्यो खोंच दिउँसै पनि डेन्जर ठाउँ हो । राति नमिल्ने भएकाले भोलि बिहानैबाट खोजी गर्छौं,’ उनले भने ।

एसपी केसीका अनुसार शव खोज्न आज ड्रोनको प्रयोग गरिएको थियो । भोलि बिहान ४ वठा ड्रोनसहित सम्भावित ठाउँहरुमा खोजी गरिने उनले अनलाइनखबरलाई बताए ।

४ चालक दल र ६८ यात्रुसहित विमानमा ७२ जना सवार थिए । विमान पुरानो पोखरा विमानस्थल नजिकैको सेती खोंचमा आइतबार बिहान दुर्घटनामा परेको थियो ।

प्रकाशित मिति २०७९ माघ २ गते सोमबार ०७:४९
हजुरको प्रतिक्रिया