२०८३ साउन २१ गते बिहीबार

बिहिबार एकैदिन १२ सय २८ जनालाई कोरोना पुष्टि, ६ जनाको मृत्यु

बिहिबार एकैदिन १२ सय २८ जनालाई कोरोना पुष्टि, ६ जनाको मृत्यु

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७७ भदौ १८ गते बिहीबार ११:२५

कोरोना भाइरस संक्रमणबाट नेपालमा पछिल्लो २४ घण्टाको अवधीमा ६ जनाले ज्यान गुमाएका छन् । योसंगै नेपालमा कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्याको २ सय ५७ पुगेको छ ।

संक्रमणको दरमा उच्च वृद्धि

पोखरा । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार २ सय २८ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा जागेश्वर गौतमले नेपालमा थप १ हजार २ सय २८ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् ।

आज भेटिएका संक्रमितमध्ये ३ सय ९४ महिला छन् भने ८ सय ३४ जना पुरुष रहेको मन्त्रलायले बताएको छ । यसंगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ४२ हजार ८ सय ७७ पुगेको प्रा.डा.गौतमले जानकारी दिएका छन् । उनका अनुसार अहिले नेपालमा १८ हजार ४ सय १३ जना सक्रिय संक्रमित रहेका छन् । मुलुकका विभिन्न स्थानमा रहेका प्रयोगशालामा पछिल्लो २४ घण्टामा १३ हजार ४ सय १३ को नमुना परीक्षण गरिएको थियो ।

यस्तै पछिल्लो २४ घण्टामा नेपालमा ९ सय १७ जना कोरोना भाइरसमुक्त भएका छन् । यससंगै नेपालमा कोरोनामुक्त हुनेको कुल संख्या २४ हजार २ सय ७ पुगेको छ ।

अहिले नेपालमा १७ जनाको भेन्टिलेटरमा उपचाररत रहेका छन् । तीमध्ये सबैभन्दा बढी बाग्मती प्रदेशमा १३ जना रहेका छन् । त्यस्तै १ नम्बर प्रदेशमा १ जना तथा प्रदेश नम्बर ५ मा ३ जनाको भन्टिलेटरमा राखेर उपचार भइरहेको मन्त्रालयले जानकारी दिएको छ । त्यस्तै १ सय ४१ जनाको आइसियुमा उपचार भइरहेको छ ।

त्यस्तै नेपालमा कोरोना शुन्य हुने जिल्लाको संख्या ७ पुगेको छ । यसरी कोरोना शुन्य हुने जिल्लाहरुमा गण्डकी प्रदेशको मुस्ताङ सहित मुगु, ताप्लेजुङ, हुम्ला, डोल्पा, भोजपुर तथा सोलुखुम्बु रहेका छन् । त्यस्तै काठमाडौं तथा ललितपुर सहित महोत्तरी, मोरङ, धनुषा, चितवन, बारा, सर्लाही, रौतहट, बारा तथा रुपन्देहीमा ५ सयभन्दा बढी सक्रिय कोरोना भाइरस संक्रमित रहेका छन् ।

कोरोना भाइरस संक्रमणबाट नेपालमा पछिल्लो २४ घण्टाको अवधीमा ६ जनाले ज्यान गुमाएका छन् । योसंगै नेपालमा कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्याको २ सय ५७ पुगेको छ ।

प्रकाशित मिति २०७७ भदौ १८ गते बिहीबार ११:२५
हजुरको प्रतिक्रिया