२०८३ साउन २१ गते बिहीबार

अपहरणपश्चात भारतमा २ नेपालीको हत्या

अपहरणपश्चात भारतमा २ नेपालीको हत्या

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ माघ ८ गते आइतबार ०३:५१

पोखरा १३ दिनदेखि सम्पर्कविहीन रहेका धनुषाका २ जना युवाको भारतमा हत्या भएको छ । हत्या हुनेमा जनकपुरधाम उपमहानगर ८ का २१ वर्षीय रोहित साह र वडा नं. १३ का २२ वर्षीय विष्णु साह छन् । उनीहरुको शव जमिनमा गाडेको अवस्थामा फेला परेको प्रहरीले...

पोखरा
१३ दिनदेखि सम्पर्कविहीन रहेका धनुषाका २ जना युवाको भारतमा हत्या भएको छ । हत्या हुनेमा जनकपुरधाम उपमहानगर ८ का २१ वर्षीय रोहित साह र वडा नं. १३ का २२ वर्षीय विष्णु साह छन् ।

उनीहरुको शव जमिनमा गाडेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी प्रदीपबहादुर क्षेत्रीका अनुसार उनीहरु पुस २७ गतेदेखि नै सम्पर्कविहीन थिए । भारतको सीतामढीमा रहेको आफन्तको घरमा जाने भन्दै नेपालबाट हिँडेका उनीहरु सम्पर्कविहीन भएका थिए ।

सम्पर्कविहीन भएसँगै युवाका परिवारसँग ५० लाख फिरौती रकम माग गरिएको थियो । फिरौती रकम माग भएपछि उनीहरु अपरहणमा परेको आशंका गर्दै पुस २९ गते प्रहरीलाई खबर गरेका थिए ।

घटनामा संलग्न भएको आशंकामा प्रहरीले धनुषाबाट २ जनालाई पक्राउ गरेको छ । भारतीय प्रहरीले पनि ३ जनालाई पक्राउ गरेको छ ।

प्रकाशित मिति २०७९ माघ ८ गते आइतबार ०३:५१
हजुरको प्रतिक्रिया