२०८३ असोज २३ गते शुक्रबार

गृहमन्त्री रविको मुद्धा सुनुवाइ हेर्दाहेर्दैमा

गृहमन्त्री रविको मुद्धा सुनुवाइ हेर्दाहेर्दैमा

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ माघ ११ गते बुधबार ०५:४९

बहस नसकिएकाले शुक्रबारका लागि हेर्दाहर्दैमा बसेको हो ।

पोखरा

उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादबारे सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुरु भएको सुनुवाइ हेर्दाहेर्दैमा बसेको छ ।

कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वर खतिवडा, डा. आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको इजलासमा बुधबार रिट निवेदकहरुले बहस सकेका छन् ।

लामिछानेले अमेरिकी ग्रिनकार्ड त्यागेपछि नेपाली नागरिकता पुनः प्राप्तिका लागि प्रक्रिया नै नथालेकाले पदमुक्त हुने उनीहरुको जिकिर छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय समेतको तर्फबाट बहस नोट पेश गर्दै सहन्यायाधिवक्ता संजीवराज रेग्मीले भने यो सारवहन व्यवस्था नभई नितान्त कार्यविधिगत व्यवस्था मात्र भएको जिकिर गरेका छन् ।

रविको तर्फबाट वरिष्ठ अधिवक्ता सुशील पन्तले नेपालको नागरिकता त्यागेर गएको भए पुनः प्राप्तिका लागि निवेदन दिनुपर्ने बताए ।

बहस नसकिएकाले शुक्रबारका लागि हेर्दाहर्दैमा बसेको हो ।

प्रकाशित मिति २०७९ माघ ११ गते बुधबार ०५:४९
हजुरको प्रतिक्रिया