२०८३ साउन २१ गते बिहीबार

गण्डकी प्रदेशका सभामुख धितालले माओवादी केन्द्र त्यागे

गण्डकी प्रदेशका सभामुख धितालले माओवादी केन्द्र त्यागे

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ माघ ११ गते बुधबार ०५:५६

धिताल माओवादी केन्द्र गोरखा १ को (१) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए ।

पाेखरा

गण्डकी प्रदेशका सभामुख कृष्णप्रसाद धितालले पार्टी सदस्यता परित्याग गरेका छन् । सभामुख भएपछि स्वतः पार्टी परित्याग गर्नुपर्ने विधानअनुरूप सभामुखमा निर्वाचित भएकै दिन पार्टीबाट अलग भएको धितालले बताएका हुन् ।

उनले पदको भूमिकालाई स्वतन्त्र, निष्पक्ष, मर्यादित र विश्वसनीय तरिकाले निर्वाह गर्न संवैधानिक प्रावधानप्रति प्रतिवद्ध भइ पार्टीको सम्पूर्ण जिम्मेवारीबाट अलग भएको बताएका छन् ।

धिताल पुस ३० गते सभामुखमा निर्वाचित भएका थिए । धिताल माओवादी केन्द्र गोरखा १ को (१) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए ।

प्रकाशित मिति २०७९ माघ ११ गते बुधबार ०५:५६
हजुरको प्रतिक्रिया