२०८३ साउन २१ गते बिहीबार

पत्रकार घिमिरेमाथि स्याङजामा दुर्व्यवहार

पत्रकार घिमिरेमाथि स्याङजामा दुर्व्यवहार

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ माघ ११ गते बुधबार ०६:०३

पत्रकार घिमिरेमाथि भएको दुव्र्यवहारप्रति पत्रकार महासंघसहित विभिन्न पत्रकार संगठनले विरोध गरेका छन् ।

पोखरा

पोखराका क्रियाशील पत्रकार प्रल्हादचन्द्र घिमिरेलाई स्याङ्जामा दुव्र्यवहार भएको छ । २०७५ सालदेखि विवादित रहेको खानेपानीको विषयमा रिपोर्टिङका लागि स्याङ्जाको आँधिखोला गाउँपालिका ४ बाङ्सिङ, दह पुगेकाबेला उनीमाथि दुव्र्यवहार भएको हो ।

घिमिरे फेवा टेलिभिजनसहित समाचारपाटीमा आवद्ध छन् ।

पत्रकार घिमिरेले आफूलाई पत्रकारका रुपमा चिनाउँदासमेत गालीगलौजसहित दुव्र्यवहार गरेको बताएका छन् ।

पत्रकार घिमिरेमाथि भएको दुव्र्यवहारप्रति पत्रकार महासंघसहित विभिन्न पत्रकार संगठनले विरोध गरेका छन् ।

प्रकाशित मिति २०७९ माघ ११ गते बुधबार ०६:०३
हजुरको प्रतिक्रिया