२०८३ साउन २१ गते बिहीबार

आइतबार बिहानै गण्डकी प्रदेशका ५२ जनामा काेराेना संक्रमण पुष्टि

आइतबार बिहानै गण्डकी प्रदेशका ५२ जनामा काेराेना संक्रमण पुष्टि

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७७ कात्तिक २ गते आइतबार ०८:३८

पाेखरा । गण्डकी प्रदेशमा आइतबार एकाबिहानै थप ५२ जनामा काेराेना भाइरसकाे संक्रमण पुष्टि भएकाे छ । पाेखरा महानगरपालिकाका ८ सहित प्रदेशमा ५२ संक्रमित थपिएकाे गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएकाे छ । आइतबार संक्रमित हुनेहरूमा...

प्रदेशमा कुल संक्रमित ५ हजार ६ सय ८५ पुगे

पाेखरा । गण्डकी प्रदेशमा आइतबार एकाबिहानै थप ५२ जनामा काेराेना भाइरसकाे संक्रमण पुष्टि भएकाे छ । पाेखरा महानगरपालिकाका ८ सहित प्रदेशमा ५२ संक्रमित थपिएकाे गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएकाे छ ।

आइतबार संक्रमित हुनेहरूमा बर्दघाट सुस्तापूर्व नवलपरासीका १९ जना रहेका छन । यस्तै तनहुँका थप १५ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ । अन्य संक्रमितहरूमा स्याङजाका ५ जना, गाेरखाका ३ जना, लमजुङका १ जनामा काेराेना संक्रमण पुष्टि भएकाे निर्देशनालयले जारी गरेकाे विज्ञप्तीमा उल्लेख छ ।

यससंगै गण्डकी प्रदेशमा काेराेना भाइरसबाट संक्रमित हुनेकाे कुल संख्या ५ हजार ६ सय ८५ पुगेकाे छ ।

प्रकाशित मिति २०७७ कात्तिक २ गते आइतबार ०८:३८
हजुरको प्रतिक्रिया