२०८३ साउन २१ गते बिहीबार

गृहमन्त्रीको नागरिकता सम्बन्धी मुद्दाको सुनुवाइ आज, कस्तो आउला निर्णय ?

गृहमन्त्रीको नागरिकता सम्बन्धी मुद्दाको सुनुवाइ आज, कस्तो आउला निर्णय ?

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ माघ १३ गते शुक्रबार ०८:०१

अमेरिकी नागरिकता त्याग गरेपछि पनि पुनः पुरानै नेपाली नागरिकताको प्रयोग गरेको आरोप लामिछानेलाई छ ।

काठमाडौं

गृह मन्त्री रवि लामिछानेको नागरिकता सम्बन्धी मुद्धामा आज सुनवाइ हुँदैछ । रविराज बसौला र युवराज पौडेलले लामिछाने सांसद् हुन समेत अयोग्य रहेको भन्दै उनलाई काममा रोक लगाउनुपर्ने मागसहित सर्वोच्चमा रिट हालेका थिए ।
अमेरिकी नागरिकता लिँदा नेपाली नागरिकता खारेज नगरेको र अमेरिकी नागरिकता त्याग गरेपछि पनि पुनः पुरानै नेपाली नागरिकताको प्रयोग गरेको आरोप लामिछानेलाई छ ।

यसअघि यो मुद्दा बुधबार ‘हेर्दाहेर्दै’मा राखिएको थियो । लामिछाने र सरकारी वकिलको बहस नसकिएकाले मुद्दा हेर्दाहेर्दैमा राखिएको थियो । यसअघि कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, डा आनन्दमोहन भट्टराई, अनिल कुमार सिन्हाको इजलासमा सुनुवाइ गरेका थिए । बहस पूरा नभएका कारण सुनवाइ आजलाई सारिएको हो ।

प्रकाशित मिति २०७९ माघ १३ गते शुक्रबार ०८:०१
हजुरको प्रतिक्रिया