२०८३ साउन २१ गते बिहीबार

साेमबार बिहानै पाेखराका २४ सहित गण्डकी प्रदेशमा ५६ जना संक्रमित थपिए

साेमबार बिहानै पाेखराका २४ सहित गण्डकी प्रदेशमा ५६ जना संक्रमित थपिए

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७७ कात्तिक ३ गते सोमबार ०८:०१

पाेखरा । साेमबार बिहानै गण्डकी प्रदेशमा थप ५६ जनामा काेराेना भाइरसकाे संक्रमण पुष्टि भएकाे छ । पाेखरा महानगरपालिकाका २४ जनासहित प्रदेशमा थप ५६ जना संक्रमित बनेकाे गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएकाे हाे । साेमबार...

गण्डकी प्रदेशमा कोरोना संक्रमितको कुल संख्या ५ हजार ७ सय ८६ पुग्याे

पाेखरा । साेमबार बिहानै गण्डकी प्रदेशमा थप ५६ जनामा काेराेना भाइरसकाे संक्रमण पुष्टि भएकाे छ । पाेखरा महानगरपालिकाका २४ जनासहित प्रदेशमा थप ५६ जना संक्रमित बनेकाे गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएकाे हाे ।

साेमबार पाेखराका २४ जना, वर्दघाट सुस्तापूर्व नवलपरासीका १७ जना, तनहुँका १० जना, बाग्लुङका ३ जना, लमजुङ र गाेरखाका एकएक जना संक्रमित बनेकाे निर्देशनालयले जारी गरेकाे विज्ञप्तीमा उल्लेख छ ।

यससंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको कुल संख्या ५ हजार ७ सय ८६ पुगेकाे छ ।

प्रकाशित मिति २०७७ कात्तिक ३ गते सोमबार ०८:०१
हजुरको प्रतिक्रिया