२०८३ कात्तिक ११ गते मंगलबार

समाचार

यती जहाज दुर्घटनाका मृतककाे चीर शान्तिको कामना गर्दै स्वस्ति शान्ति

यती जहाज दुर्घटनाका मृतककाे  चीर शान्तिको कामना गर्दै स्वस्ति शान्ति

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ माघ १५ गते आइतबार ०८:३३

पोखरामा भएको यो दुर्घटनामा ज्यान जानेको नामसहित श्रद्धा अर्पण गर्दै चीर शान्तिको कामनामा स्वस्ति शान्ति र दीप प्रज्वलन गरिएकाे हाे

पोखरा
पोखराको विन्ध्यावासिनी मन्दिरमा यती एयरलाइन्सको जहाज दुर्घटनामा ज्यान गुमाउनेको चीर शान्तिको कामना गर्दै स्वस्ति शान्ति तथा दीप प्रज्वलन गरिएको छ ।

माघ १ गते काठमाडौंबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याण्डिङ गर्ने तयारी गरिरहेको यती एयरलाइन्सको जहाज सेती खोंचमा खसेर दुर्घटना भएको थियो ।

दुर्घटनामा ७२ जनाको मानवीय क्षति भएको थियो । दुर्घटनामा ज्यान जाने सबैको चीर शान्तिको कामना गर्दै विन्ध्यावासिनी धार्मिक विकास समितिले  आइतबारबिहान स्वस्ति शान्ति र बेलुका दीप प्रज्वलन गरेको हो ।

‘पोखरामा भएको जहाज दुर्घटनाले देशलाई शोक डुबायो । कति विदेशी पाहुना परे । कति चाडवाड मान्न र परिवारलाई भेट्न आएकाहरु परे । यो देशका विभिन्न क्षेत्रमा अब्बल मानिएका व्यक्तिहरु पनि परे,’ समितिका सचिव तीर्थ श्रेष्ठले भने, ‘पोखरामा भएको यो दुर्घटनामा ज्यान जानेको नामसहित श्रद्धा अर्पण गर्दै चीर शान्तिको कामनामा स्वस्ति शान्ति र दीप प्रज्वलन गरिएकाे हाे ।’

पोखराका मेयर धनराज आचार्य, वडा नम्बर २ का अध्यक्ष दिपसमान प्रधानांग र समितिका अध्यक्ष गणेशबहादुर श्रेष्ठ लगायत सर्वसाधारण र दुर्घटनामा ज्यान गुमाउनेका शुभचिन्तकहरुको समेत सहभागी थिए ।

 

प्रकाशित मिति २०७९ माघ १५ गते आइतबार ०८:३३
हजुरको प्रतिक्रिया
मुग्लिन–पोखरा अब सररर

मुग्लिन–पोखरा अब सररर

२०८३ कात्तिक ११ गते मंगलबार ०५:११
दशैंमा अन्नपूर्ण पदमार्ग घुम्ने पर्यटक ५ हजार ३८४

दशैंमा अन्नपूर्ण पदमार्ग घुम्ने पर्यटक ५ हजार ३८४

२०८३ कात्तिक ११ गते मंगलबार ०५:०४
विराटनगरमाथि चितवनको रोमाञ्चक जित

विराटनगरमाथि चितवनको रोमाञ्चक जित

२०८३ कात्तिक ११ गते मंगलबार ०४:५४