२०८३ साउन २१ गते बिहीबार

प्रहरीको हात भाँच्ने शौरभ ४ हजार जरिवाना तिरेर छुटे

प्रहरीको हात भाँच्ने शौरभ ४ हजार जरिवाना तिरेर छुटे

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ माघ १६ गते सोमबार ०६:०५

पोखरा ड्युटीमा खटिएका प्रहरीको हातै भाँचिदिएका शौरभ थापालाई जरिवाना लिएर छाडिएको छ । जिल्ला प्रशासन कार्यालय कास्की स्रोतका अनुसार थापालाई ४ हजार रुपैयाँ जरिवाना लिएर छाडिएको हो । अटो मोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) का अध्यक्ष...

पोखरा

ड्युटीमा खटिएका प्रहरीको हातै भाँचिदिएका शौरभ थापालाई जरिवाना लिएर छाडिएको छ । जिल्ला प्रशासन कार्यालय कास्की स्रोतका अनुसार थापालाई ४ हजार रुपैयाँ जरिवाना लिएर छाडिएको हो ।

अटो मोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) का अध्यक्ष ध्रुव थापाका छोरा सौरभले ५ दिनअघि गाडी चलाउँदा ड्युटीमा खटिएका प्रहरीको हातै भाँचिएको आरोप लागेको थियो । प्रहरीका अनुसार २५ वर्षीय सौरभले मादक पदार्थ सेवन गरी गाडी चलाएका थिए । गत बिहीबार नै उनलाई पक्राउ गरी ५ दिनको म्याद थपिएको थियो । अभद्र मुद्धा लागेका उनलाई प्रशासनले छाडिदिएको हो ।

प्रहरीका अनुसार पोखरा रामबजार भारतीय पेन्सन क्याम्पअघि राती ३ बजे थापाले चलाएको गाडीको ढोकाले लागेर प्रहरी हवल्दार चित्रबहादुर वलीको हातै नै भाँचिएको छ ।

मुलुकी अपराध संहिताको दफा ११८ (१) अनुसारकसैले सार्वजनिक स्थान वा प्रवेश गर्न कानुनी अधिकार नभएको ठाउँमा प्रवेश गरी कसैलाई अभद्र व्यवहार गर्न वा सार्वजनिक स्थानमा महिला, बालबालिका वा शारीरिक रुपमा अशक्त व्यक्तिलाई हातपात वा हैरानी गर्न वा त्यसको उद्योग गर्न हुँदैन । उपदफा (१) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई एक वर्षसम्म कैद वा दश हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ ।

गत पुस २१ गते पनि मदिरा सेवन गरी गाडी चलाएका सौरभले पोखरा लेकसाइडमा अर्को गाडीलाई ठक्कर दिएको प्रत्यक्षदर्शी बताउँछन् । तर, थापा पक्राउ परे पनि भोलिपल्टै छुटेका थिए । नाडा अध्यक्ष धुर्वका छोरा पश्चिमाञ्चल डिलर्स एसोसिएसनमा मनोनित सदस्यसमेत छन् ।

प्रकाशित मिति २०७९ माघ १६ गते सोमबार ०६:०५
हजुरको प्रतिक्रिया