सचेत र सुरक्षित नरहे अवस्था विकराल बन्न सक्ने
पाेखरा । पाेखरा महानगरपालिकामा साेमबार मात्र थप १३२ जनामा काेराेना भाइरसकाे संक्रमण पुष्टि भएकाे छ । चाडबाड नजिकिएसंगै पाेखरामा बाक्लाे चहलपहल र भिडभाड बढिरहेकाे छ । एकातिर दैनिक आवश्यकताले गर्दा मानिसहरू सडकमा छन भने अर्काेतिर कतिपयकाे बेपर्वाहका कारणपनि पछिल्ला दिनहरूमा काेराेनाबाट संक्रमित हुनेहरूकाे संख्या बढिरहेकाे छ । यहि अवस्था निरन्तर रहने हाे भने पाेखरामा काेराेनाकाे संक्रमणले विकराल रूप लिनसक्ने देखिन्छ । पछिल्लाे समयका धेरै संक्रमितहरू कन्ट्याक् ट्रेसिङबाट भेटिनुले समेत यसकाे पुष्टि गरेकाे छ ।
विगत एक साताकाे आँकडालाइ हेर्ने हाे भनेपनि धेरैजसाे संक्रमितहरू अस्पतालमा उपचार गर्न आएका विरामी, स्वास्थ्यकर्मी, सामूहिक काम गर्ने थलाे जस्तै, सरकारी कार्यालयहरू, अस्पताल, नेपाली सेना, नेपाल प्रहरी जस्ता निकाय र स्थानमा भेटिएका छन । यता, केहि संक्रमित र केही कन्ट्याक ट्रेसिङमा परेका कारण विगत ५ दिन देखि पाेखरा महानगरपालिकाले अत्यावश्यक बाहेकका सेवा बन्द गरेकाे छ ।
सरकारले हात उठाइसकेकाे अवस्थामा नागरिक स्वयं सचेत र सजग हुनु आवश्यक छ । अन्यथा, यहि क्रमकाे निरन्तरताले पछुताे सिवाय केहि रहने छैन ।
यता, गण्डकी प्रदेशमा साेमबार थप ३ जनाकाे ज्यान गएकाे छ भने थप २३० जनामा काेराेना भाइरसकाे संक्रमण पुष्टि भएकाे छ । असाेज ३० गते, कार्तिक २ गते र कार्तिक ३ गते आज मृत्यु हुनेकाे संख्या गणना गरि प्रदेशमा थप ३ जनाकाे ज्यान गएकाे गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएकाे छ ।
बर्दघाट सुस्तापूर्व नवलपरासीकाे गैडाकाेट –१२ का ८५ बर्षीय पुरूषकाे असाेज ३० गते साँझ काेराेना संक्रमणका कारण निधन भएकाे, त्यस्तै बाग्लुङ नगरपालिका १ का ४८ बर्षीय महिलाकाे कार्तिक २ गते कुस्मा नगरपालिका २ मा निधन भएकाे र आज दिउँसाे २ : ३० बजे नवलपरासीकाे देवचुली ११ निवासी ७५ बर्षीय महिलाकाे मृत्यु भएकाे निर्देशनालयले जारी गरेकाे विज्ञप्तीमा उल्लेख छ । याे संगै गण्डकी प्रदेशमा काेराेना भाइरसकाे संक्रमणका कारण ज्यान गुमाउनेकाे संख्या ५४ पुगेकाे छ ।
यस्तै, साेमबार गण्डकी प्रदेशमा थप २३० जनालाइ काेराेना भाइरसकाे संक्रमण पुष्टि भएकाे छ । जसअनुसार सर्वाधिक धेरै पाेखरा महानगरपालिकाका रहेका छन । साेमबार पाेखरा महानगरपालिकाका १३२ जनामा काेराेनाकाे संक्रमण पुष्टि भएकाे हाे । अन्य संक्रमितहरूमा तनहुँका ३५ जना, बाग्लुङका २३ जना, नवलपरासीका १८ जना, लमजुङका ५ जना, स्याङजाका १४ जना, पर्वतका २ जना तथा गाेरखाका थप १ जना रहेकाे निर्देशनालयले उल्लेख गरेकाे छ ।
गण्डकी प्रदेशमा हालसम्म ५ हजार ९ सय ६० जनामा काेराेनाकाे संक्रमण पुष्टि भएकाे छ ।





