२०८३ साउन २१ गते बिहीबार

टर्कीमा शक्तिशाली भूकम्प, १० जनाको मृत्यु भएको प्रारम्भिक विवरण

टर्कीमा शक्तिशाली भूकम्प, १० जनाको मृत्यु भएको प्रारम्भिक विवरण

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ माघ २३ गते सोमबार ०९:४४

भूकम्प प्रभावित क्षेत्र गाजियान्टापमा लगभग २० लाख जनसंख्या छ । भूकम्पले ठूलो जनधनको क्षति हुन सक्ने अनुमान गरिएको छ ।

एजेन्सी

टर्कीको दक्षिणी पूर्वी सहर गाजियान्टापमा शक्तिशाली भूकम्प गएको छ । अन्तर्राष्ट्रिय समाचार एजेन्सीका अनुसार टर्कीमा ७ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएको हो ।

दक्षिण–पूर्वी टर्कीको गाजियान्टापमा बिहान ४ बजेर १७ मिनेटमा शक्तिशाली भूकम्प गएको बताइएको छ । भूकम्पमा परी कम्तीमा १० जना नागरिकको मृत्यु भएको प्रारम्भिक विवरण आएको अन्तर्राष्ण्ण्घिट्र सञ्चार माध्यमले बताएका छन् ।

भूकम्पको धक्का राजधानी अंकारासहित टर्कीका विभिन्न सहरहरूमा महसुस गरिएको छ । भूकम्पको धक्का सिरिया र लेबनानसम्म महसुस गरिएको बताइएको छ । भूकम्प प्रभावित क्षेत्र गाजियान्टापमा लगभग २० लाख जनसंख्या छ । भूकम्पले ठूलो जनधनको क्षति हुन सक्ने अनुमान गरिएको छ ।

 

प्रकाशित मिति २०७९ माघ २३ गते सोमबार ०९:४४
हजुरको प्रतिक्रिया