२०८३ कात्तिक १० गते सोमबार

पाेखरामा करेन्ट लागेर एक युवाकाे मृत्यु

पाेखरामा करेन्ट लागेर एक युवाकाे मृत्यु

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७७ कात्तिक ३ गते सोमबार ०६:५५

पोखरामा करेण्ट लागेर एक युवाको मृत्यु भएको छ । पोखरा-५ स्थित आफ्नै किराना पसल अगाडि बिजुलीको पोलमा चढेर बल्ब जाेडन खाेज्दा करेन्ट लागेपछि पोखरा-२३ ठुलाखेत घरभई पोखरा-५ माछापुच्छ्रे टोलमा किराना पसल गर्दै आएका ३५ वर्षीय ज्ञानेन्द्र...

पोखरामा करेण्ट लागेर एक युवाको मृत्यु भएको छ ।

पोखरा-५ स्थित आफ्नै किराना पसल अगाडि बिजुलीको पोलमा चढेर बल्ब जाेडन खाेज्दा करेन्ट लागेपछि पोखरा-२३ ठुलाखेत घरभई पोखरा-५ माछापुच्छ्रे टोलमा किराना पसल गर्दै आएका ३५ वर्षीय ज्ञानेन्द्र दाहालको करेण्ट लागेर मृत्यु भएको हो ।

सोमबार बिहान ११:३० बजे करेण्ट लागेर गम्भीर घाइते भएका दाहाललाई उपचारका लागि पोखराको गैह्रापाटन स्थित फिस्टेल अस्पताल लगिएकोमा चिकित्सकले ११:५० मा मृत घोषणा गरेका थिए । उक्त घटनाको बारेमा प्रहरीले थप अनुसन्धान शुरु गरेको जनाएको छ ।

 

समाचारमा प्रयाेग भएकाे तस्विर सांकेतिक तस्विर हाे । स.

प्रकाशित मिति २०७७ कात्तिक ३ गते सोमबार ०६:५५
हजुरको प्रतिक्रिया