२०८३ कात्तिक १० गते सोमबार

टर्कीको शक्तिशाली भूकम्पमा १७ को मृत्यु, मृतक बढ्न सक्ने अनुमान

टर्कीको शक्तिशाली भूकम्पमा १७ को मृत्यु, मृतक बढ्न सक्ने अनुमान

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ माघ २३ गते सोमबार ०९:५९

भूकम्पले ठूलो जनधनको क्षति भएकाे अनुमान गरिएको छ ।

एजेन्सी

टर्कीको दक्षिणी पूर्वी सहर गाजिष्यान्टापमा शक्तिशाली भूकम्प गएको छ । अन्तर्राष्ट्रिय समाचार एजेन्सीका अनुसार टर्कीमा ७ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएको हो । दक्षिण–पूर्वी टर्कीको गाजियान्टापमा बिहान ४ बजेर १७ मिनेटमा शक्तिशाली भूकम्प गएको बताइएको छ । भूकम्पमा परी कम्तीमा १७ जना नागरिकको मृत्यु भएको प्रारम्भिक विवरण आएको सिएनएनले जानकारी दिएको छ ।

भूकम्पको धक्का राजधानी अंकारासहित टर्कीका विभिन्न सहरहरूमा महसुस गरिएको छ । भूकम्पको धक्का सिरिया र लेबनानसम्म महसुस गरिएको बताइएको छ । भूकम्प प्रभावित क्षेत्र गाजियान्टापमा लगभग २० लाख जनसंख्या छ । भूकम्पले ठूलो जनधनको क्षति भएकाे अनुमान गरिएको छ ।

 

प्रकाशित मिति २०७९ माघ २३ गते सोमबार ०९:५९
हजुरको प्रतिक्रिया