एजेन्सी
टर्कीको दक्षिणी पूर्वी सहर गाजियान्टापमा शक्तिशाली भूकम्प जादाँ ३१ जनाको ज्यान गएको छ । अन्तर्राष्ट्रिय समाचार एजेन्सीका अनुसार टर्कीमा ७ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएको हो ।
दक्षिण–पूर्वी टर्कीको गाजियान्टापमा बिहान ४ बजेर १७ मिनेटमा शक्तिशाली भूकम्प गएको हो । भूकम्पमा परी कम्तीमा ३१ जना नागरिकको मृत्यु भएको प्रारम्भिक विवरण आएको हो ।
भूकम्पको धक्का राजधानी अंकारासहित टर्कीका विभिन्न सहरहरूमा महसुस गरिएको छ । भूकम्पको धक्का सिरिया र लेबनानसम्म महसुस गरिएको बताइएको छ । भूकम्प प्रभावित क्षेत्र गाजियान्टापमा लगभग २० लाख जनसंख्या छ । भूकम्पले ठूलो जनधनको क्षति भएकाे अनुमान गरिएको छ ।
प्रकाशित मिति २०७९ माघ २३ गते सोमबार १०:०५