२०८३ साउन २१ गते बिहीबार

टर्की भूकम्पमा १५ हजार बढीको मृत्यु, मृतक बढ्न सक्ने

टर्की भूकम्पमा १५ हजार बढीको मृत्यु, मृतक बढ्न सक्ने

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ माघ २६ गते बिहीबार ११:१४

नेपालले पनि सिरियामा चिकित्सकसहित अत्यावश्यक सामग्री पठाउने तयारी गरेको छ ।

एजेन्सी

गत सोमबार बिहान र दिउँसो टर्की र सिरिया सिमानामा गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या १५ हजार पुगेको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार करिब १३ हजार जनाको टर्कीमा र करिब दुई हजार जनाको सिरियामा मृत्यु भएको हो ।

लाखौं व्यक्तिहरु घरबारविहीन भएका छन् । उद्धार र राहत वितरणको काम जारी छ । राष्ट्रपति रेचेप तैयप एर्दोआनले यो समय आलोचना नभइ एकताको भएको भन्दै सरकारले हरसम्भव प्रयास गरिरहेको बताएका छन् ।

भूकम्पले थुप्रै भौतिक संरचना ध्वस्त भएको र सडक सन्जालमा पनि क्षति पुगेकाले राहत तथा उद्धारमा कठिनाइ भएको बताइएको छ । सोमबार बिहान र दिउँसो गरी टर्कीमा शक्तिशाली भूकम्प गएका थिए । उनले केही समय काम गराइमा समस्या आए पनि अहिले स्थिति नियन्त्रणमा रहेको दाबी गरेका छन् । नेपालले पनि सिरियामा चिकित्सकसहित अत्यावश्यक सामग्री पठाउने तयारी गरेको छ ।

प्रकाशित मिति २०७९ माघ २६ गते बिहीबार ११:१४
हजुरको प्रतिक्रिया