पोखरा
स्टेप बाई स्टेप माध्यमिक विद्यालय मासबार, पोखरामा खेलकुद तथा अतिरिक्त क्रियाकलापका पुरस्कार वितरण गरिएको छ । वर्षभरि भएका अतिरिक्त क्रियाकलाप, अनुशासन तथा विद्यालयको खेलकुद महोत्सवमा सम्पन्न फुटबल, बास्केटबल, भलिबल, टि.टि., ब्याडमिन्टन, दौडहरु आदिमा विजयी विद्यार्थीहरुलाई पुरस्कार प्रदान गरिएको थियो ।
कार्यक्रममा संस्थापक प्राचार्य निर्मला बराल, विद्यालय व्यावस्थापन समितिका अध्यक्ष संस्थापक निर्देशक रमाकान्त बराल, विद्यालय व्यवस्थापन समिति सदस्य तथा नेपाल रेडक्रस सोसाइटी कास्की शाखाका सभापति डण्डराज पौडेल, लेखबहादुर के.सी., सहप्राचार्य दीपक गिरी, कक्षा ११ र १२ का संयोजक रघुनाथ वाग्ले लगायतले पुरस्कार वितरण गरेका थिए ।
प्राचार्य निर्मला बरालले विद्यालयले पढाइका साथसाथै खेलकुद र अतिरिक्त क्रियाकलापमा जोड दिई विद्यार्थीको चौतर्फी विकासमा विशेष ध्यान दिने गरेको कुरा बताइन् । उनले विजयी विद्यार्थीहरुलाई बधाई दिँदै प्रगतिको कामना गरे । विद्यालय व्यवस्थापन समिति सदस्य तथा नेपाल रेडक्रस सोसाइटी कास्की शाखाका सभापति डण्डराज पौडेलले स्टेप बाई स्टेप मा. बि. यस क्षेत्रकै उत्कृष्ट र पुरानो विद्यालय रहेको र शिक्षा क्षेत्रमा यसको ठुलो योगदान रहेको बताए । कार्यक्रमका सभापति तथा संस्थापक निर्देशक रमाकान्त बरालले बिजयी विद्यार्थीहरु लाई बधाई दिँदै कार्यक्रमलाई सफल पार्न सहयोग गर्नुहुने सबैलाई धन्यबाद दिए । यस्तै सहप्राचार्य दीपक गिरीले स्वागत गर्नुभएको कार्यक्रमको सञ्चालन शिक्षक मेघनाथ गिरीले गरेका थिए ।
प्रकाशित मिति २०७९ माघ २८ गते शनिबार ०२:१२




