२०८३ कात्तिक ११ गते मंगलबार

आगलागी हेर्न जाँदा बेहोस भएर मृत्युु

आगलागी हेर्न जाँदा बेहोस भएर मृत्युु

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ माघ २८ गते शनिबार ०८:१३

आफ्नै घरतर्फ आगो लाग्ने डरले बेहोस भएपछि उनलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र वालिङमा ल्याइयो । उपचारको क्रममा दिउँसो ४ बजे कुुवँरलाई मृत घोषणा गरिएको छ ।

पोखरा

स्याङजामा आगलागी हेर्न गएका वृद्धको बेहेस भएर मृत्युु भएको छ । वालिङ नगरपालिका–१४ डाँडाखर्कमा शनिबार दिउँसो २ बजेको आसपास खरबारीमा आगो लाग्यो । ६५ वर्षीय टिकाराम कुुवँरको घर नजिकै खरबारीमा आगो दनदनी दन्कियो । छिमेकीसँगै आगो लागेको स्थानतर्फ कुुवँर पनि नियन्त्रण लिने प्रयासमा हेर्न पुुगे ।

जिल्ला प्रहरी कार्यालय स्याङजा अनुुसार आगो लागेको खरबारी र कुुवँरको घरको दुुरी १०० मिटर मात्रै थियो । घरमा आगो लाग्ने चिन्ताले कुुवँर बेहोस भएको जिल्ला प्रहरी कार्यालय स्याङजाका सूूचना अधिकारी प्रहरी नायव उपरिक्षक रविन्द्र खनालले बताए । ‘आगो लागेको ठाउँमा हेर्नलाई जानुुभो । घरमा आगो लाग्ने डरले आत्तिएर फेन्ट हुुनुु भो’, उनले भने । आफ्नै घरतर्फ आगो लाग्ने डरले बेहोस भएपछि उनलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र वालिङमा ल्याइयो । उपचारको क्रममा दिउँसो ४ बजे कुुवँरलाई मृत घोषणा गरिएको छ ।

प्रहरी नायव उपरिक्षक खनालका अनुुसार कुुवँरलाई आगोले पोलेको थिएन् । आगलागीले घरमा क्षति भने नपुु¥याएको उनले जानकारी दिए । स्थानीय र सुुरक्षाकर्मीले दिउँसो ४ बजे आगलागी नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति २०७९ माघ २८ गते शनिबार ०८:१३
हजुरको प्रतिक्रिया