२०८३ असोज २३ गते शुक्रबार

च्यवनधाममा भजन प्रतियोगिता हुने

च्यवनधाममा भजन प्रतियोगिता हुने

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ फागुन ४ गते बिहीबार ०३:४०

शिवरात्री मेलाको अवसरमा भजन प्रतियोगिता सहित सामुहिक ब्रतबन्ध, अखण्ड दिप प्रज्वलन, लघुरुद्री, शिवधोनी पुजन लगायतका धार्मिक अनुष्ठान र बरिष्ठ गायक पुर्षोत्तम न्यौपाने, शान्ति डोटेल लगायका कलाकारको भजन प्रस्तुती रहनेछ ।

पोखरा

महाशिवरात्रीको अवसरमा तनहुँको प्रसिद्ध धार्मिकस्थल शुक्लागण्डकी मुक्तिनाथ च्यवनधाममा भजन प्रतियोगिता आयोजना गरिएको गरिएको छ ।

शुक्लागण्डकी नगरपालिका–२ गाछेपानीस्थित मुक्तिनाथ शुक्लागण्डकी च्यवनधाममा हुने प्रतियोगिताको तयारी तिब्र पारिएको छ । प्रतियोगितामा प्रथम हुने समूहले ५१ हजार रुपैयाँ प्राप्त गर्ने अध्यक्ष अर्जुन लम्सालले जानकारी दिए । लम्सालका अनुसार दोस्रो हुने समुहलाई ३६ हजार, तेस्रो हुने समुहलाई २१ हजार र सान्त्वना स्थान हासिल गर्ने समुहलाई ५ हजार १ सय रुपैयाँ पुरस्कार प्रदान गरिनेछ ।

शिवरात्री मेलाको अवसरमा भजन प्रतियोगिता सहित सामुहिक ब्रतबन्ध, अखण्ड दिप प्रज्वलन, लघुरुद्री, शिवधोनी पुजन लगायतका धार्मिक अनुष्ठान र बरिष्ठ गायक पुर्षोत्तम न्यौपाने, शान्ति डोटेल लगायका कलाकारको भजन प्रस्तुती रहनेछ ।

यस्तै, महाशिवरात्री पर्वको पूर्वसन्ध्यामा नेपाल प्रहरीको गण्डकी प्रदेश विशेष सुरक्षा गणले बिहिबार सरसफाई गरेको छ । प्रहरी वरिष्ठ नायब निरीक्षक पर्शुराम जोशीको नेतृत्वमा खटिएको ३८ जनाको प्रहरी टोलीले धाम जाने बाटो र मन्दिर परिसरमा सरसफाई गरेको हो ।

प्रकाशित मिति २०७९ फागुन ४ गते बिहीबार ०३:४०
हजुरको प्रतिक्रिया