२०८३ असोज २४ गते शनिबार

अनेरास्ववियुको अध्यक्षमा समिक बडाल विजयी

अनेरास्ववियुको अध्यक्षमा समिक बडाल विजयी

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ फागुन ५ गते शुक्रबार ११:१३

यस्तै‚ उपाध्यक्षमा गोविन्द गिरी, धर्म गिरी, नारायण घर्ती र मार्यादा विष्ट विजयी भएका छन्। महासचिवमा नरेश रोकाया तथा कोषाध्यक्षमा संगम अर्याल विजयी भएका छन्।

काठमाडौं

नेकपा (एमाले) को विद्यार्थी संगठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को अध्यक्षमा समिक बडाल विजयी भएका छन्।

काठमाडौंमा भएको २३औं राष्ट्रिय महाधिवेशनबाट बडाल निर्वाचत भएका हुन्। उनी निवर्तमान महासचिव हुन्।

यस्तै‚ उपाध्यक्षमा गोविन्द गिरी, धर्म गिरी, नारायण घर्ती र मार्यादा विष्ट विजयी भएका छन्। महासचिवमा नरेश रोकाया तथा कोषाध्यक्षमा संगम अर्याल विजयी भएका छन्।

सचिवमा सन्जीव धिताल, सुजन कडरिया, प्रकाश पौडेल, दीपेश प्रसाईं, अन्जना शिवाकोटी, आरती भट्टराई र बिनिता काफ्ले निर्वाचित भएका छन्।

प्रकाशित मिति २०७९ फागुन ५ गते शुक्रबार ११:१३
हजुरको प्रतिक्रिया