२०८३ कात्तिक १० गते सोमबार

एकैदिन १९५ एम्पुल लागूऔषधसहित ३ जना पक्राउ

एकैदिन १९५ एम्पुल लागूऔषधसहित ३ जना पक्राउ

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ फागुन ६ गते शनिबार ०१:३१

सुरुमा लागुऔषध कारोबार गरिरहेको सूचनाका आधारमा गुरुङलाई नियन्त्रणमा लिएको प्रहरीले हेम्जाका थापालाई पनि नियन्त्रणमा लियो । उनीहरुसँगै कास्की प्रहरीले अनिष श्रेष्ठलाई पनि सोही आरोपमा पक्राउ गरेको छ ।

पोखरा
पोखराका विभिन्न ठाउँमा श्रृंखलाबद्ध रुपमा लागूऔषध कारोबार गरिरहेका ३३ जनालाई जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ गरेको छ । उनीहरुको विभिन्न प्रकारका १९५ एम्पुल लागूऔषध बरामद गरिएको वडा प्रहरी कार्यालय बैदाम प्रमुख डिएसपी वेद जोशीले जानकारी दिए ।

लागूऔषध कारोबार गर्ने गरेको सूचनाका आधारमा बैदाम प्रहरीले सुरुमा शुक्रबार पोखरा ५ मालेपाटनबाट २५ वर्षीय प्रशान्त भनिने सञ्जय गुरुङलाई पक्राउ गरेको थियो । विभिन्नथरिका ७२ एम्पुलसहित पक्राउ परेका गुरुङसँग सोधपुछका क्रममा अन्य कारोबारीको पत्तो लागेको हो ।

सुरुमा पक्राउ गुरुङको कोठा खानतलासी गर्दा ‘२ एम एल’ लेखिएको डाइजापाम २० एम्पुल, फेनारगन २३ एम्पुल, बुफ्रिन २९ एम्पुल गरी ७२ एम्पुल लागूऔषध बरामद गरिएको बैदाम प्रहरी प्रमुख जोशीले जानकारी दिए ।

गुरुङसँग सोधपुछ गर्दा उनले पोखरा २५ बस्ने २५ वर्षीय पवन थापासँग आफूले लागूऔषध खरिद गर्ने गरेको खुलाए ।

प्रहरी तत्काल थापाको खोजी लाग्यो । थापा बस्ने, हिँड्डुल गर्ने ठाउँमा सुक्ष्म अवलोकन गरेको प्रहरीले हेमजास्थित मध्यपहाडी लोकमार्गमा शंकास्पद गतिविधि अवस्थामै फेला पा¥यो ।

थापालाई तत्कालै नियन्त्रणमा लिई खानतलासी गर्दा उनीबाट पनि गुरुङसँग भएको जस्तै ‘२ एमएल’ लेखिएको लागूऔषध फेला प¥यो ।

उनको गोजीबाट डाइपाजाम ७ एम्पुल, फेनारगन ७ एम्पुल, नुफिन ७ एम्पुल सहित २१ एम्पुल लागूऔषध फेला प¥यो । ‘त्यसबाहेक सेतो प्लास्टिकमा पोको पारी राखेको लागूऔषध हिरोइनजस्तो देखिने सेतो धुलो पर्दार्थ ०.४० मिलिग्राम पनि फेला प¥यो,’ डिएसपी जोशीले भने ।

सुरुमा लागुऔषध कारोबार गरिरहेको सूचनाका आधारमा गुरुङलाई नियन्त्रणमा लिएको प्रहरीले हेम्जाका थापालाई पनि नियन्त्रणमा लियो ।

उनीहरुसँगै कास्की प्रहरीले अनिष श्रेष्ठलाई पनि सोही आरोपमा पक्राउ गरेको छ ।

पोखरा २५, हेम्जा नै बस्दै आएका श्रेष्ठले हातमा बोकिराखेको रातो फाइबरको झोलाबाट प्रहरीले विभिन्न प्रकृतिका १०२ एम्पुल लागूऔषध फेला परेको छ । उनको साथबाट पनि ‘२ एमएल’ लेखिएको डाइजापाम ३४ एम्पुल, फेनारगन ३४ एम्पुल, नुफिन ३४ बरामद गरिएको डिएसपी जोशीले जानकारी दिए ।

‘यसबारे थप अनुसन्धान भइरहेको छ,’ उनले भने ।

फरार लागूऔषध कारोबारी पक्राउ

जिल्ला अदालत कास्कीबाट फरार सूचिमा रहेका एकजना लागुऔषध मुद्दाका प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखरा ५, पस्र्याङ बस्ने २७ वर्षीय सचिन कार्की छन् ।

कार्कीलाई प्रहरीले फागुन ५ गते साँझ करिब ६ बजे नै पक्राउ गरेको थियो ।

तर, अदालतमा बुझाउन सार्वजनिक बिदा परेको हुनाले अदालत खुलेपछि मात्रै लाग कट्टाका लागिग पेश गरिने वडा प्रहरी कार्यालय बैदाम प्रमुुख डिएसपी वेद जोशीले जानकारी दिए ।

कार्कीलाई लागूऔषध कारोबारामा कार्कीले ३ महिना कैद र १ लाख ५ हजार रुपैयाँ सजाय तोकेको थियो ।

 

प्रकाशित मिति २०७९ फागुन ६ गते शनिबार ०१:३१
हजुरको प्रतिक्रिया