२०८३ असोज २३ गते शुक्रबार

बाजुरा केन्द्रविन्दु भएर एक महिनामै तेस्रो पटक गयो भूकम्प

बाजुरा केन्द्रविन्दु भएर एक महिनामै तेस्रो पटक गयो भूकम्प

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ फागुन १० गते बुधबार ०३:५३

भूकम्पको धक्कापछि स्थानीयवासी त्रसित बनेका छन् । भूकम्पबाट क्षति भएको जानकारी अहिलेसम्म प्राप्त भएको छैन ।

बाजुरा

बाजुरामा केन्द्रविन्दु भएर भूकम्प गएको छ । आज बुधवार दिउँसो १ बजेर ४५ मिनेटमा बाजुराको विछ्या आसपास केन्द्रबिन्दु भएर ५ दशमलव २ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

सुदूरपश्चिमका पहाडी जिल्ला बाजुरा, बझाङ, अछामलगायतका जिल्लामासमेत भूकम्पको धक्का महसुस भएकाे छ । भूकम्पको धक्कापछि स्थानीयवासी त्रसित बनेका छन् । भूकम्पबाट क्षति भएको जानकारी अहिलेसम्म प्राप्त भएको छैन ।

बाजुरा केन्द्रविन्दु भएर यसअघि माघ १० गते ५ दशमलव ९ म्याग्निच्युड र माघ १२ गते ४ दशमलव १ म्याग्निच्युडको भूकम्प गएको थियो । माघ १० गतेको भूकम्पका कारण एक जनाको ज्यानसमेत गएको थियो ।

प्रकाशित मिति २०७९ फागुन १० गते बुधबार ०३:५३
हजुरको प्रतिक्रिया