२०८३ साउन २१ गते बिहीबार

गण्डकीका उच्च पहाडी भागमा हिमपातको सम्भावना

गण्डकीका उच्च पहाडी भागमा हिमपातको सम्भावना

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ फागुन ११ गते बिहीबार ०७:५४

पोखराको मौसममा पनि बदली भएको छ । हिजो पोखराका केही ठाउँमा हल्का वर्षा भएको भएपनि आज पनि पोखराको आकाश बादलिनुका साथै धुम्म छ ।

पोखरा

पश्चिमी वायुको प्रभावले आज मौसम आंशिकदेखि सामान्य बदली छ । आज गण्डकी प्रदेश र प्रदेश १ का पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

महाशाखाका अनुसार गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना छ । गण्डकी र प्रदेश १ का उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।
पोखराको मौसममा पनि बदली भएको छ । हिजो पोखराका केही ठाउँमा हल्का वर्षा भएको भएपनि आज पनि पोखराको आकाश बादलिनुका साथै धुम्म छ ।

प्रकाशित मिति २०७९ फागुन ११ गते बिहीबार ०७:५४
हजुरको प्रतिक्रिया