गण्डकी प्रदेशमा ज्यान गुमाउनेकाे संख्या संख्या ६३ पुग्याे
पाेखरा । पाेखरामा आइतबार काेराेना भाइरसकाे संक्रमणका कारण थप ४ जनाकाे ज्यान गएकाे छ । यससंगै गण्डकी प्रदेशमा काेराेनाकै कारण ज्यान गुमाउनेकाे संख्या संख्या ६३ पुगेको छ ।
कास्की जिल्ला, पोखरा महानगरपालिका-१ का ४२ बर्षीय कोरोना संक्रमित पुरुषको मिति २०७७/०७/०७ गते बेलुका ७:४५ बजे चरक मेमोरियल अस्पताल, पोखरामा उपचारका क्रममा दुखद निधन भएको छ | कोभिड-१९ सहित न्यूमोनियाको समस्या रहेको वहाँमा मिति २०७७/०७/०३ गते कोरोनाको संक्रमण पुष्टि भएको थियो | वहाँलाई मिति २०७७/०६/३० गते उपचारका लागि अस्पताल भर्ना गरिएको थियो |
२, कास्की जिल्ला, पोखरा महानगरपालिका-२२ का ६८ बर्षीय कोरोना संक्रमित पुरुषको मिति २०७७/०७/०८ गते बिहान ०९:३० बजे गण्डकी मेडिकल कलेज, पोखरामा उपचारका क्रममा दुखद निधन भएको छ | कोभिड-१९ सहित न्यूमोनियाको समस्या रहेको वहाँमा मिति २०७७/०७/०६ गते कोरोनाको संक्रमण पुष्टि भएको थियो | वहाँलाई मिति २०७७/०७/०७ गते नै उपचारका लागि अस्पताल भर्ना गरिएको थियो |
३, कास्की जिल्ला, पोखरा महानगरपालिका-३१ का ५८ बर्षीय कोरोना संक्रमित पुरुषको मिति २०७७/०७/०८ गते दिउसो ४:२५ बजे पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखराको आई.सि.यु. मा उपचारका क्रममा दुखद निधन भएको छ | कोभिड-१९ सहित न्यूमोनिया, हाईपरटेन्सन र मधुमेहको समस्या रहेको वहाँमा मिति २०७७/०७/०७ गते कोरोनाको संक्रमण पुष्टि भएको थियो | वहाँलाई मिति २०७७/०७/०७ गते नै उपचारका लागि अस्पताल भर्ना गरिएको थियो
४ .कास्की जिल्ला, पोखरा महानगरपालिका-१५ का ५२ बर्षीय कोरोना संक्रमित महिलाको मिति २०७७/०७/०८ गते राति १०:२० बजे पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखराको आई.सि.यु. मा उपचारका क्रममा दुखद निधन भएको छ | COVID-19, bilateral Pneumonia तथा ARDS समस्या रहेको वहाँमा मिति २०७७/०७/०८ गते कोरोनाको संक्रमण पुष्टि भएको थियो | वहाँलाई मिति २०७७/०७/०८ गते नै उपचारका लागि अस्पताल भर्ना गरिएको थियो ।
प्रकाशित मिति २०७७ कात्तिक ९ गते आइतबार ०८:२६




