२०८३ साउन २१ गते बिहीबार

७६ वर्षीय धनबहादुरः अण्डकोष सुनियो, उपचार गर्न आर्थिक अभाव

७६ वर्षीय धनबहादुरः अण्डकोष सुनियो, उपचार गर्न आर्थिक अभाव

युवराज पौडेल

@Public 4K Tv

२०७९ फागुन १६ गते मंगलबार ०८:५०

स्याङ्जा अर्जुनचौपारी गाउँपालिका ५, आरुचौरका ७५ वर्षीय धनबहादुर विक यतिबेला रोगले छट्पटाइरहेका छन् । उनी २ वर्षदेखि अण्डकोष सुनिएर हिँड्डुल गर्न पनि नसक्ने अवस्थामा छन् । उपचारका लागि उनी अस्पताल भने नधाएका होइनन् । पोहोर साल...

अण्डकोष सुन्निँदा शौचालय जान पनि कठिन

स्याङ्जा

अर्जुनचौपारी गाउँपालिका ५, आरुचौरका ७५ वर्षीय धनबहादुर विक यतिबेला रोगले छट्पटाइरहेका छन् । उनी २ वर्षदेखि अण्डकोष सुनिएर हिँड्डुल गर्न पनि नसक्ने अवस्थामा छन् ।

उपचारका लागि उनी अस्पताल भने नधाएका होइनन् । पोहोर साल उनी उपचार गर्न भनेर गए पनि खर्च नपुगेर रोग बोकेर नै फर्के । त्यसपछि उनको रोग झन् बढ्दै गएको छ । अण्डकोष सुनिएर बाहिरै ठूलो आकारमा देखिने अवस्थामा पुग्दा उनलाई जीवन बोझिलो लाग्न थालेको छ ।

रोगको पीडा त छँदै छ त्यसबाहेक पनि ६ छोराछोरीका अभिभावक बिरामी भएर थला परेपछि घरमा संकट उस्तै आइलागेको छ । बाबु विरामी भएपछि धनबहादुरकी जेठी छोरी जुना विक कक्षा ६ मा पढ्दापढ्दै पढाइ छाड्नुप¥यो ।

‘बुबाले कमाएर ल्याउनु हुन्थ्यो । हामी स्कुल जान्थ्यौं । अहिले बुबा बिरामी भएर थलो परेपछि मैले स्कुल छाड्नुप¥यो । मैले अरुको मेलापात गरेर रोगी बा र आमालाई पाल्नुपरेको छ,’ जुना भन्छिन्, ‘भाइबहिनी साना भएकाले उनीहरु काममा जान सक्दैनन् । आमा पनि बेलाबेला बिरामी भइरहनुहुन्छ ।’

आर्थिक अवस्था अत्यन्त नाजुक भएकाले धनबहादुरका छोराछोरी पनि सानोतिने काम पर्दा स्कुल जान पाउँदैनन् ।

विगतमा धनबहादुर बलिया थिए । उमेर पनि थियो । तर, अहिले उनको नियति बद्लिएको छ । उनी सुन्निएको अण्डकोष बोकेर शौचालयसम्म जान पनि नसक्ने अवस्थामा पुगेका छन् । उनलाई रोगले पीडा दिएको छ तर जतिसुकै पीडा भए पनि पैसा नभएर उपचार गर्न सकेका छैनन् ।

‘गरिब भएपछि र रोग लागेपछि कसैले पनि हेर्दा रहेनछन् । हामीलाई माया मान्ने कोही रहेनछ । बुढाले कमाउँथे र खान्थ्यौं,’ श्रीमति लक्ष्मी विक दुखेसो पोख्छिन्, ‘अहिले बुढाको यो हालत छ । म पनि बेलाबेलामा बिरामी भइरहन्छु छोराछोरीले दुःख पाउँदा आँखाबाट आँसु झर्छ ।’

कुरा गर्दागर्दै धनबहादुरकी श्रीमतीका आँखा रसाए । ‘बल र धन छँदा सबैले माया गर्थे । अहिले धन पनि छैन, बल पनि छैन,’ लक्ष्मीले भनिन्, ‘रातभरि बुढा रोगले बर्बराउँछन् । उपचार गरौं भने पैसा छैन ।’

पानी आउँदा खरको होचो पालीबाट पानी चुहिएर पिँढी नै भत्किन्छ । त्यही झरी रोक्ने खरको छानो पनि फेर्न नसक्ने अवस्थामा आफूहरु रहेको उनी सुनाउँछिन् । अहिले उनको घरमा कमाइ गर्ने भनेको ठूली छोरी जुनामात्रै छिन् । बाँकी २ वटी छोरीको विवाह भइसक्यो ।

दलित उत्थान केन्द्र अर्जुनचौपारी गाउँपालिकाका अध्यक्ष दीपक सुनारले उपचारका लागि सहयोग गर्ने आश्वासन दिए । उनले भने, ‘धनबहादुर विक बुबाको अवस्था दयनीय रहेछ । उहाँको अण्डकोष फुलेर ठूलो आकारको भएकाले झुण्डयाएर हिँड्नुपरेको छ ।’

अर्जुन चौपारी गाउँपालिकाका अध्यक्ष प्रकाश तिवारीले उपचार र घरको छानो फेर्ने सहयोग गर्ने बताए । ‘धनबहादुर विकको पारिवारिक अवस्था र रोगको कारण कठिन अवस्था रहेछ,’ उनले भने, ‘गाउँपालिकाले उहाँको उपचारका लागि र खरको छानो फेर्नका लागि सहयोग गर्छ ।’

प्रकाशित मिति २०७९ फागुन १६ गते मंगलबार ०८:५०
हजुरको प्रतिक्रिया