२०८३ साउन २१ गते बिहीबार

आगामी वर्ष जेठमा पोखरामा विज्ञान–प्रविधि महोत्सव

आगामी वर्ष जेठमा पोखरामा विज्ञान–प्रविधि महोत्सव

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ फागुन १८ गते बिहीबार ०६:०५

गण्डकी प्रदेशमा हुने महोत्सवमा देखाइने आविष्कारमध्ये प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः ३० हजार, २५ हजार र २० हजार रूपैयाँ पाउने छन् ।

पोखरा । आगामी वर्ष जेठ ४ र ५ गते गण्डकी प्रदेशस्तरीय हिमालयन साइन्स फेस्टिबल हुने भएको छ । देशभित्र रहेका वैज्ञानिक प्रतिभालाई प्रष्फुटनको मौका दिने उद्देश्यसहित हिमालयन साइन्स फाउण्डेसनको आयोजनामा पोखरामा विज्ञान प्रविधि महोत्सव हुने भएको हो ।

महोत्सव पोखरा नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा हुनेछ । प्रदेशभित्रका सरकारी र निजी विद्यालयका कक्षा ८ देखि १२ सम्मका विद्यार्थीले ८ प्रकारमध्ये एउटा विषयमा केन्द्रीत भएर आविष्कार गर्न सक्ने फाण्डेसनका अध्यक्ष आतंक बस्नेतले बिहीबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।

नवीनतम फोहोर व्यवस्थापन परियोजना, अपांगता भएका व्यक्तिहरूलाई सहयोग गर्ने प्रविधि, दैनिक समस्या समाधान गर्न हार्डवेयर उपकरण र सफ्टवेयर एप्लिकेसन, किसानलाई सहयोग गर्ने नवीन कृषि औजार र उपकरण, वायु र जल प्रदूषणको मात्रा पत्ता लगाउने र शुद्धीकरण गर्ने प्रविधि, उर्जाको वैकल्पिक स्रोतहरू, रासायनिक मलको वैकल्पिक स्रोत र लिफ्टिङ प्रविधिसम्बन्धी गरेर ८ प्रकारका आविष्कार महोत्सवमा देखाउन पाइने अध्यक्ष बस्नेतले जानकारी दिए ।

गण्डकी प्रदेशमा हुने महोत्सवमा देखाइने आविष्कारमध्ये प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः ३० हजार, २५ हजार र २० हजार रूपैयाँ पाउने छन् । महोत्सवमा सहभागी हुने विद्यालयले स्टलबापत ५ हजार रूपैयाँ शुल्क तिर्नुपर्ने छ ।

सात प्रदेशबाट विजेता भएकामध्येको फाइनल काठमाडौंमा हुनेछ ।

प्रकाशित मिति २०७९ फागुन १८ गते बिहीबार ०६:०५
हजुरको प्रतिक्रिया