२०८३ साउन २१ गते बिहीबार

‘हुनेले दिने, नहुनेले लैजाने’ अभियान आज ५३ औं दिनमा …

‘हुनेले दिने, नहुनेले लैजाने’ अभियान आज ५३ औं दिनमा …

सन्तोष परियार

@Public 4K Tv

२०७७ कात्तिक ११ गते मंगलबार ०३:५१

ललितपुर, ११ कात्तिक । तुलसादेवी हरिहर फाउण्डेशनले संचालन गरेको फुड बैंक/क्लोथ बैंकले आज ५३ औं दिनमा पनि आफ्नो अभियानलाई निरन्तरता दिइरहेको छ । ललितपुरमा रहेको तुलसादेवी हरिहर फाउण्डेशनले ललितपुर र काठमाडौंका विभिन्न ठाउँमा फुड...

टिकाको दिनमा पनि रोकिएन अभियान, २०० जनालाई खाना वितरण

ललितपुर, ११ कात्तिक । तुलसादेवी हरिहर फाउण्डेशनले संचालन गरेको फुड बैंक/क्लोथ बैंकले आज ५३ औं दिनमा पनि आफ्नो अभियानलाई निरन्तरता दिइरहेको छ । ललितपुरमा रहेको तुलसादेवी हरिहर फाउण्डेशनले ललितपुर र काठमाडौंका विभिन्न ठाउँमा फुड बै‌ंक/क्लोथ बैंकमार्फत खाना र कपडा वितरण गर्दै आएको छ ।

हिंजो विजयादशमीको टिकाको दिनमा पनि आफ्नो अभियानलाई निरन्तरता दिंदै फाउण्डेशनले २०० जनालाई पकाएको खानाको प्याकेट वितरण गरेको थियो ।

फाउण्डेशनका अध्यक्ष सरु सुवेदी कसैले पनि भाेकै बस्नु नपराेस् भनेर याे अभियान सुरु गरेकाे बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “दुखी, गरीव, ज्यालादारी गरेर खानेहरुको लागि सहयोग गर्न पाइयोस् भन्ने हेतुले ‘हुनेले दिने र नहुनेले लैजाने’ अभियान संचालन गरेका छौं, याे अभियानमा सहयाेग चाहिनेले सहजै सहयाेग लिन सक्नु हुन्छ र मनकारी दाताहरुले सहयाेग गर्न सक्नु हुन्छ ।” गत भदौ २१ बाट संचालनमा आएको यो अभियान स्थिति सहज नबनेसम्म जारी रहने उहाँले बार्दली न्यूजलाई बताउनुभयो । उहाँले अझ धेरै सहयोगी हाथहरु अघि बढेको खण्डमा राहत वितरणलाई अझै विस्तार गरिने पनि जनाउनु भयो ।

अभियान बारेमा बुझ्न र सहयोगी मनहरुले ९८५१२३५३०१ मा सम्पर्क गर्न सकिने फाउण्डेशनले जनाएको छ ।

 

प्रकाशित मिति २०७७ कात्तिक ११ गते मंगलबार ०३:५१
हजुरको प्रतिक्रिया