२०८३ साउन २१ गते बिहीबार

बागलुङमा महिलामाथि हुने यौनजन्य दुव्र्यवहारका घटना बढी

बागलुङमा महिलामाथि हुने यौनजन्य दुव्र्यवहारका घटना बढी

रोहन जि.सी

@Public 4K Tv

२०७९ फागुन २० गते शनिबार १२:०७

बागलुङमा दर्ता भएका महिला हिंसाका घटनाहरुमा सम्बन्ध बिच्छेद ११, आर्थिक हिंसा ५, बहुविवाह १, हाडनाताकरणी १, अंशमुद्धा १ र बेवारिसे अवस्थामा १ रहेका छन् ।

बागलुङ

बागलुङमा महिलामाथि हुने यौनजन्य दुव्र्यवहारका घटना बढेको छ । आर्थिक बर्ष २०७९÷८० को साउन देखी हाल सम्म ५० महिला हिंसाका घटना मध्ये २० यौनजन्य दुव्र्यवहार रहेको छ । जिल्ला प्रहरी कार्यालयको अल्पकालिन महिला सेवा केन्द्र बागलुङमा हिंसा प्रभावित महिलाका ५० वटा निवेदन दर्ता भएका छन् । जसमा घरेलु हिंसाका १० घटना दर्ता भएको महिला तथा बालबालिका सेवा केन्द्र प्रमुख सरस्वती देवी रेग्मीले जानकारी दिइन् ।

बागलुङमा दर्ता भएका महिला हिंसाका घटनाहरुमा सम्बन्ध बिच्छेद ११, आर्थिक हिंसा ५, बहुविवाह १, हाडनाताकरणी १, अंशमुद्धा १ र बेवारिसे अवस्थामा १ रहेका छन् ।

यी घटनामध्ये सबै भन्दा बढि बागलुङ नगरपालिकाका रहेका रेग्मीले बताइन् । संख्यात्मक रुपमा बागलुङ नगरपालिकाका धेरै उजुरी देखिएपनि अन्यपालिकामा समस्या धेरै रहेको नगर उप–प्रमुख राजु खड्काले बताए । उनले महिला हिंसा घटनामा प्रभावितलाई न्याय दिलाउनका लागि सबै सरोकारवाला बिच समन्वय र सहकार्य हुनुपर्ने सुनाए ।

यसैबिच बागलुङ नगरपालिकाले यसबर्षको अन्तराष्ट्रिय श्रमिक महिला दिवस ८ मार्च लाई भव्यरुपमा मनाउने निर्णय गरेको छ ।

प्रकाशित मिति २०७९ फागुन २० गते शनिबार १२:०७
हजुरको प्रतिक्रिया