२०८३ साउन २१ गते बिहीबार

सत्ता साझेदार दलहरूको बैठक बस्दै

no-image

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ फागुन २१ गते आइतबार ०९:४४

राष्ट्रपति निर्वाचन र सरकारमा सहभागी हुने बारेमा आजको बैठकमा छलफल हुनेछ

आज सत्ता साझेदार दलहरूको बैठक बस्दै छ । प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा मन्त्रिमण्डल विस्तारका बारेमा छलफल हुने बुझिएको छ ।

४ बजे बस्ने बैठकमा मन्त्रिमण्डलमा भागबन्डा लगायतका विषयमा सहमति जुटाउने प्रयास हुने नेताहरूले बताएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति निर्वाचनअघि नेपाली कांग्रेस लगायतका दलहरूसँग गठबन्धन गरेपछि नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा सरकारबाट बाहिरिएका थिए ।

अहिले अधिकांश मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री प्रचण्डले नै सम्हालिरहेका छन् ।

राष्ट्रपति निर्वाचन र सरकारमा सहभागी हुने बारेमा आजको बैठकमा छलफल हुनेछ।

राष्ट्रपति निर्वाचन आगामी २५ फागुनमा हुँदैछ। राष्ट्रपतिका लागि एमालेबाट सुवास नेम्वाङ र कांग्रेसबाट रामचन्द्र पौडेलले उम्मेदवारी दर्ता गराएका छन् ।

पौडेललाई आठ दलीय गठबन्धनको साथ छ।

प्रकाशित मिति २०७९ फागुन २१ गते आइतबार ०९:४४
हजुरको प्रतिक्रिया