पोखरा
४ मंसिरको चुनावमा तनहुँ–१ बाट प्रतिनिधिसभाको उम्मेदवार बनेपछि रामचन्द्र पौडेलको प्रमुख चुनावी एजेण्डा थियो, ‘अबको प्रधानमन्त्री म हुँ ।’ उनले चुनावी सभाहरुमा भन्थे, ‘सभामुख र मन्त्रीसमेत भइसकेको मान्छे हुँ अब म पुग्ने भनेको प्रधानमन्त्रीमै हो ।’
कात्तिक २८ गते तनहुँको डुम्रेमा भएको कार्यक्रममा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पौडेलले भोलि देशै हाँक्न सक्ने बताएका थिए । २०७४ सालको निर्वाचनमा तनहुँ–१ बाट हारेर पार्टी राजनीति तथा संसदीय यात्रामा क्षति बेहोरेका रामचन्द्रले यसपटक त्यहीँबाट चुनाव जितेर कार्यकारी प्रमुख बन्ने चाहना सार्वजनिक गरेका थिए । एक रिपोर्ट:
प्रकाशित मिति २०७९ फागुन २६ गते शुक्रबार १०:५०