२०८३ साउन २१ गते बिहीबार

दुर्लभ डङ्गर गिद्दलाई प्राकृतिक बासस्थानमा छोडियो

राजु सुवेदी

@Public 4K Tv

२०७९ फागुन २८ गते आइतबार ०९:०३

उनकाअनुसार जंगलमा छोडिएका गिद्दको निगरानी गर्न ढाडमा सेटेलाइट ट्याग र खुट्टामा गणनाको लागि सहज हुने नम्बर ट्याग लगाइएको छ ।

 नवलपुर

पूर्वी नवलपरासीको कावासोतीस्थित जटायु रेष्टुरेन्टको १० वटा दुर्लभ डङ्गर गिद्दलाई प्राकृतिक बासस्थानमा छोडिएको छ ।

चितवन राष्ट्रिय निकुञ्जको कसरा प्रजनन् केन्द्रमा हर्किएका गिद्दलाई गत कार्तिकमा जटायु रेष्टुरेन्ट ल्याइएको थियो । त्यतिबेला ल्याइएका डङ्गर गिद्दलाई शनिबार प्राकृतिक बासस्थानमा छोडिएको हो । गिद्दहरुलाई प्राकृतकि बासस्थानमा छोड्नु अघि उनीहरुको स्वास्थ्य परीक्षणसमेत गरिएको संरक्षणविद् तथा जटायु रेष्टुरेन्ट व्यवस्थापन समितिका अध्यक्ष डिबी चौधरीले जानकारी दिए । उनका अनुसार जंगलमा छोडिएका गिद्दको निगरानी गर्न ढाडमा सेटेलाइट ट्याग र खुट्टामा गणनाको लागि सहज हुने नम्बर ट्याग लगाइएको छ ।

सन् २०१७ देखि २०२३ सम्म निकुञ्जको गिद्द प्रजनन् केन्द्र कसरामा हुर्काइएका ६९ गिद्द र ७० वटा जंगली गिद्द गरेर १३९ वटा गिद्दलाई सेटलाइट ट्याग लगाएर प्राकृतिक बासस्थानमा छाडिएको छ । त्यसरी छोडिएका गिद्द २ सय किलोमिटर टाढासम्म उडेको अध्यक्ष चौधरीले जानकारी दिए ।

नेपालभर करिब १५ हजारको संख्यामा गिद्द रहेको अनुमान छ । नेपालमा पाइने ९ प्रजातिका गिद्दमध्ये जटायु रेष्टुरेण्ट पिठौलीमा आठ प्रजातिको गिद्द पाइने गरेको छ ।

प्रकाशित मिति २०७९ फागुन २८ गते आइतबार ०९:०३
हजुरको प्रतिक्रिया