२०८३ साउन २१ गते बिहीबार

कर्मचारीहरुमा कोरोना देखिएपछि स्थगित पोखरा महानगरको कार्यालय बिहीबारदेखि सञ्चालन हुने

कर्मचारीहरुमा कोरोना देखिएपछि स्थगित पोखरा महानगरको कार्यालय बिहीबारदेखि सञ्चालन हुने

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७७ कात्तिक १२ गते बुधबार ०३:०२

पोखरा ।  पोखरा महानगरपालिकाको कार्यालय बिहीबारदेखि सञ्चालन हुने भएको छ । पोखरा महानगर कार्यालयमा कार्यरत केही कर्मचारीहरुमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएपछि अत्यावश्यक सेवा बाहेकका अन्य सेवा असोज २९ गतेदेखि बन्द...

असोज २९ गतेदेखि थियाे अत्यावश्यक वाहेकका सवै सेवा बन्द

पोखरा ।  पोखरा महानगरपालिकाको कार्यालय बिहीबारदेखि सञ्चालन हुने भएको छ ।
पोखरा महानगर कार्यालयमा कार्यरत केही कर्मचारीहरुमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएपछि अत्यावश्यक सेवा बाहेकका अन्य सेवा असोज २९ गतेदेखि बन्द रहेकोमा कात्तिक १३ गते बिहीबारदेखि सञ्चालन हुने भएको हो ।
पोखरा महानगरपालिका कोरोना संक्रमण रोकथाम मूल समितिको कात्तिक १२ गते बसेको बैठकको निर्णय अनुसार स्वास्थ्य सुरक्षाका सम्पूर्ण मापदण्ड पालना गर्नेगरी महानगरपालिकाबाट प्रदान गरिने सबै सेवाहरु कात्तिक १३ गते बिहीबारबाट संचालन गरिने महानगरका प्रमुख प्रशासकीय अधिकृत महेश बरालले जारी गरेको सूचनामा उल्लेख छ ।
प्रकाशित मिति २०७७ कात्तिक १२ गते बुधबार ०३:०२
हजुरको प्रतिक्रिया