२०८३ असोज २३ गते शुक्रबार

आपतकालिन उद्दारका लागि स्याङ्जाको भीरकोटमा हेलिप्याड निर्माण

आपतकालिन उद्दारका लागि स्याङ्जाको भीरकोटमा हेलिप्याड निर्माण

युवराज पौडेल

@Public 4K Tv

२०७९ फागुन २८ गते आइतबार ०६:२०

आपतकालिन उद्दारका लागि ठाउँ भएतापनि आधिकारिक हेलिप्याड निर्माण हुन नसक्दा बिरामी उद्धारमा समस्या थियो ।

स्याङजा

स्याङजाको भीरकोट नगरपालिका वडा नं ८ मोहनडाँडामा पालिकाकै पहिलो आधिकारिक हेलिप्याड निर्माण गरिएको छ । वडाअध्यक्ष नन्दलाल खनालको पहल र वडाको लगानीमा पालिकाको पहिलो आधिकारिक हेलिप्याड निर्माण गरिएको हो ।

नवनिर्मित हेलीप्याडको आइतबार उद्धघाटन गर्दै गण्डकी प्रदेश सरकारका पूर्व मन्त्री मेखलाल श्रेष्ठले हेलिप्याड वडाध्यक्षको व्यक्तिगत पहलमा निर्माण गरिनु खुशीको कुरा भएको बताए । उनले आपतकालीन अवस्थामा अब हेलिप्याड प्रयोग गर्नाले जनताका लागि राहत हुने बताए ।

आपतकालिन उद्दारका लागि ठाउँ भएतापनि आधिकारिक हेलिप्याड निर्माण हुन नसक्दा बिरामी उद्धारमा समस्या थियो । जिल्लामा पुतलीबजार ३ कुमाल गाउँमा आर्मीको १ आधिकारिक हेलिप्याड बाहेक अरू छैन ।

ग्रामीण सडकमा यात्रुहरू अझै पनि जोखिमपूर्ण यात्रा गर्न बाध्य रहेकाले भैपरी आउने दुर्घटना र अन्य जोखिमपूर्ण अवस्थामा उद्दार गर्न हेलिप्याडको निर्माण गरिएको वडा अध्यक्ष नन्दलाल खनालले बताए ।

उद्घाटन कार्यक्रममा नगर प्रमुख गोविन्द कुमार कर्माचार्य र निवर्तमान नगर प्रमुख छायाराम खनाल, उद्योग बाणिज्य सङ्घ भीरकोटका अध्यक्ष जगदीश कोइराला लगायतको उपस्थिति थियो ।

हेलिप्याड निर्माणका लागि करिब २ लाख लागत लागेको छ । जसमा वडाले ५० हजार रुपैयाँ र बाँकी रकम वडाध्यक्षले सहयोग गरेका छन् ।

प्रकाशित मिति २०७९ फागुन २८ गते आइतबार ०६:२०
हजुरको प्रतिक्रिया