२०८३ साउन २१ गते बिहीबार

गाेरखामा मिनी ट्रक दुर्घटनाः एकजनाकाे मृत्यु, ७ जना गम्भीर घाइते

गाेरखामा मिनी ट्रक दुर्घटनाः एकजनाकाे मृत्यु, ७ जना गम्भीर घाइते

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ फागुन २९ गते सोमबार ०१:५५

गोरखा बसपार्कबाट हरमटारीचोक तर्फ जाँदै गरेको प्रदेश नं. ३ ०१र००३ क ६१७० नम्बरको मिनी ट्रक अनियन्त्रित भई दुर्घटनामा परेको थियो ।

पाेखरा

गोरखामा गाडी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् ।

गोरखा सदरमुकाम गोखरा नगरपालिका ६ मा सोमबार ८ जना सवार गाडी दुर्घटना हुँदा एकजना पुरुषको मृत्यु भएको डिएसपी लिलाराज लामिछानेले जानकारी दिए ।

गोरखा बसपार्कबाट हरमटारीचोक तर्फ जाँदै गरेको प्रदेश नं. ३ ०१र००३ क ६१७० नम्बरको मिनी ट्रक अनियन्त्रित भई दुर्घटनामा परेको थियो । ट्रकले पैदलयात्रीलाइसमेत ठक्कर दिएकाे थियाे ।

गम्भीर घाइते भएकाहरूको अहिले उपचारका लागि जिल्ला अस्पताल गोरखामा पठाइएको डिएसपी लामिछानेले पब्लिकलाई जानकारी दिए ।

प्रकाशित मिति २०७९ फागुन २९ गते सोमबार ०१:५५
हजुरको प्रतिक्रिया