२०८३ असोज २३ गते शुक्रबार

कास्कीका २२ कार्यालयको अर्धवार्षिक समिक्षा

कास्कीका २२ कार्यालयको अर्धवार्षिक समिक्षा

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ फागुन २९ गते सोमबार ०७:३८

बैठकमा पौडेलले निर्माणाधीन केही आयोजनाका गुणस्तरमा समेत प्रश्न उठ्ने हुँदा गुणस्तरमा कुनै कमजोरी देखिन नहुने उल्लेख गरे ।

पोखरा

जिल्ला समन्वय समिति कास्कीले पहिलो पटक सरकारी कार्यालयको अर्धवार्षिक समीक्षा गरेको छ ।

समितिले संघ, प्रदेश र स्थानीय तह मातहातका कार्यालयको आर्थिक वर्ष २०७९-८० को पहिलो अर्धवार्षिक समीक्षा गरेको हो । आइतबार र सोमबार गरी दुई दिन सम्म चलेको समिक्षामा कास्कीका विभिन्न कार्यालयमा सञ्चालित योजना र विकास निर्माणका कार्यहरुको समीक्षा भएको छ । जिल्ला समन्वय समिति कास्की प्रमुख लीलाधर पौडेलले तीनै तहका सरकारी कार्यालयको कामको सहजीकरण गर्न समीक्षा बैठक राखिएको बताए ।

बैठकमा पौडेलले निर्माणाधीन केही आयोजनाका गुणस्तरमा समेत प्रश्न उठ्ने हुँदा गुणस्तरमा कुनै कमजोरी देखिन नहुने उल्लेख गरे । कास्कीमा चालु आर्थिक वर्षको पहिलो ५ महिनामा पूजीगत खर्चतर्फ करिब १५ प्रतिशतमात्रै खर्च भएकाले कार्यसम्पादनमा सुधार ल्याउन निर्देशन दिइएको जिल्ला समन्वय अधिकारी नवराज बरालले जानकारी दिए ।

प्रकाशित मिति २०७९ फागुन २९ गते सोमबार ०७:३८
हजुरको प्रतिक्रिया