२०८३ साउन २१ गते बिहीबार

पोखरामा भएको सवारी दुर्घटनामा युवतीको मृत्यु

पोखरामा भएको सवारी दुर्घटनामा युवतीको मृत्यु

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ चैत ३ गते शुक्रबार १०:२६

बस र बस चालकलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

पोखरा

पोखरामा आज बिहान भएको सवारी दुर्घटनामा एक युवतीको ज्यान गएको छ । पोखराको चिप्लेढुंगामा आज बिहान सवा ७ बजे स्कुटरलाई बसले ठक्कर दिँदा युवतीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी श्रवणकुमार विकले जानकारी दिए ।

उनका अनुसार चिप्लेढुंगामा ग १ ख ७१०८ नम्बरको नगर बसले ग९प ९९८९ नम्बरको स्कुटरलाई ठक्कर दिँदा झापा दमक घर भई पोखरा बस्ने २४ वर्षीया दीक्षा कार्कीको मृत्यु भएको हो ।

बसको ठक्करले सख्त घाइते भएकी उनलाई उपचारको लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा लिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए । बस र बस चालकलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

 

 

प्रकाशित मिति २०७९ चैत ३ गते शुक्रबार १०:२६
हजुरको प्रतिक्रिया