२०८३ असोज २३ गते शुक्रबार

महिला लागुऔषध प्रयोगकर्तामा यौनहिंसाको जोखिम

महिला लागुऔषध प्रयोगकर्तामा यौनहिंसाको जोखिम

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ चैत ३ गते शुक्रबार ०८:३३

कम्युनिटी सपोर्ट ग्रुपको तथ्यांक अनुसार २१ देखि २५ वर्ष भित्र उमेर समूहका महिला प्रयोगकर्ता बढी छ ।

पोखरा

सरकारले वि.सं  २०७६ मा गरेको सर्वेक्षणमा नेपालभर १ लाख ३० हजार ४ सय २४ जना लागू औषध प्रयोगकर्ता रहेको तथ्याङ्क सार्वजनिक गरेको थियो । जसमा पुरुष १ लाख २१ हजार ६ सय ९२र महिला ८ हजार ७ सय ३२ रहेका थिए । यो सर्वेक्षण प्रतिवेदनले लागू औषध प्रयोगकर्ताको वार्षिक वृद्धिदर ५।०६ प्रतिशत रहेको बताएको थियो । लागुऔषध दुव्र्यसनीमा पछिल्लो समय महिलाको संख्या बढिरहेको छ । कास्कीमा लागुऔषध दुव्र्यसनी महिला ५ सयको संख्यामा रहेको अनुमान छ । लागुऔषधको दुव्र्यसनीमा रहेका महिला यौनजन्य हिंसाको जोखिम पर्ने सम्भावना बढी हुने गरेको छ । लागुऔषध दुव्र्यसनीमा रहेका महिलालाई सामाजिक, आर्थिक र मानसिक रुपमा चुनौती हुने गरेको कम्युनिटी सपोर्ट ग्रुपका अध्यक्ष दिलीप गुरुङले बताए ।

लागू औषध प्रयोगकर्ताको आंकडामा गण्डकी प्रदेश पाँचौ स्थानमा छ । गण्डकीमा ८ हजार ९ सय ५६ जना लागू औषध प्रयोगकर्ता रहेको अनुमान छ । लागू पदार्थ दुव्र्यसनको दलदलमा फस्ने युवाहरूको सङख्या बढ्दो छ । कम्युनिटी सपोर्ट ग्रुपको तथ्यांक अनुसार २१ देखि २५ वर्ष भित्र उमेर समूहका महिला प्रयोगकर्ता बढी छ । लागुऔषध प्रयोगकर्ता महिला कतिपय यौनकर्ममा पनि संलग्न हुने गरेका छन् । आर्थिक पाटोले समस्या पर्ने भएका कारण महिला लागुऔषधकर्ता यौनकर्ममा पनि जाने गरेकाृ लागु औषधको क्षेत्रमा काम गरिरहेकी सोममाया गुरुङले बताइन् ।

महिला लागू औषध प्रयोगकर्ता साथीसंगत, मनोरञ्जन, उत्सुकता, तनाव भुलाउनलगायतका कारणसंगै अर्को कारण दुब्लाउन र राम्री बन्नका लागि पनि लागू औषधको प्रयोग गर्ने गरेका छन् । महिला लागुऔषध प्रयोगकर्ता आफैं र परिवारले पनि गोप्य राख्नका लागि उपचार केन्द्रसम्म पनि पुर्‍याउँदैनन् । महिला लागुऔषध प्रयोगकर्ता उपचार गरेर फर्किएपछि पनि समाजमा पुर्नस्थापना गर्न गाह्रो हुने गरेको छ ।

लागू औषधको प्रयोगमा सिरिन्जको साटासाट गर्दा हेपाटाइटिस, एचआईभी एड्स जस्ता संक्रमित रोगहरु पनि लाग्ने गरेको छ । लागुऔषधको कुलतमा फस्नु अगावै नै यस्ता जोखिमबाट बचाउनका लागि काम गनुपर्ने आवश्यकता रहेको कम्युनिटी सपोर्ट ग्रुपका कार्यकारी निर्देशक गुरुङले बताए ।

गत वर्ष मात्र कास्कीमा लागुऔषधको मुद्धा २ सय ४३ वटा दर्ता भएका छन् जसमा ३ सय ३४ पुरुष र १३ जना महिला रहेका छन् । आर्थिक वर्ष २०७७-७८ मा भने १ सय ४९ लागुऔषधको मुद्धा दर्ता थिए । जसमा १ सय ४९ जना पुरुष र ६ महिला थिए । यस आर्थिक वर्षको फागुन मसान्त सम्म ६४ मुद्धा दर्ता छन् । जसमा ७९ पुरुष ३ जना महिलाको संलग्नता रहेको छ । कास्कीलाई लागू औषध दुव्र्यसन मुक्त बनाउने अभियान कास्की प्रहरीले लिएको छ । महिला लागुऔषध प्रयोगकर्ताका जोखिममा रहेको स्वीकार्दै प्रहरी प्रवक्ता श्रवणकुमार विकले कास्की प्रहरीले यस मुद्धामा सक्रिय रुपमा काम गरिरहेको बताए ।

प्रकाशित मिति २०७९ चैत ३ गते शुक्रबार ०८:३३
हजुरको प्रतिक्रिया