२०८३ साउन २१ गते बिहीबार

कलाकार दुर्गा बराल ‘वात्स्यायन’ लाई आज  पोखरामा नागरिक अभिनन्दन गरिँदै  

कलाकार दुर्गा बराल ‘वात्स्यायन’ लाई आज  पोखरामा नागरिक अभिनन्दन   गरिँदै  

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ चैत ४ गते शनिबार ०७:३३

बराल ८० वर्ष पूरा गरी ८१ वर्ष प्रवेश गर्ने दिन चैत ४ गते  आज अभिनन्दन गर्न लागिएको हो । कलाकार बरालकै निवास पोखरा ३ नदीपुरबाट रथाराेहणा बिहान १० बजे सुरु भई विन्ध्यवासिनी मन्दिर परिसरको सभाकक्ष पुग्ने छ । 

पोखरा

कलाकार दुर्गा बराल ‘वात्स्यायन’ आज  पोखरामा नागरिक अभिनन्दन तथा रथारोहण गरिँदै छ  । पोखरेली युवा सांस्कृतिक परिवारको अगुवाइमा पोखराका साहित्यिक र वाङ्मयिक संस्थाहरुले बराल ८० वर्ष पूरा गरी ८१ वर्ष प्रवेश गर्ने दिन चैत ४ गते  आज अभिनन्दन गर्न लागिएको हो । कलाकार बरालकै निवास पोखरा ३ नदीपुरबाट रथाराेहणा बिहान १० बजे सुरु भई विन्ध्यवासिनी मन्दिर परिसरको सभाकक्ष पुग्ने छ ।

बरालले सानै उमेरमा धुलीमाटीमा औंलाले चित्र बनाउनेदेखि अहिलेसम्म चित्रकारितामा सक्रिय भई नेपाली चित्रकारितालाई अतियथार्थवादी धारमा डोर्याउन गरेको अतुलनीय योगदानको कदरस्वरुप रथारोहण गर्न लागिएको पोखरेली युवा सांस्कृति परिवारका अध्यक्ष उपेन्द्र पौडेलले बताए ।

पौडेलले एक विज्ञप्ति जारी गर्दै बरालले पोखरालाई पानी रङको चित्रकारितामा स्थापितमात्रै गर्नुभएको छैन, थुप्रै अनुजलाई दीक्षित गर्नुभएको उल्लेख गरेका छ ।‘बरालले वात्स्यायनको नाममा व्यंग्यचित्रका माध्यमबाट नेपाली समाज र राजनीतिका विकृति, विसंगति केलाउँदै व्यंग्यचित्रकारितामा सर्वाेच्च शिखरका रुपमा आफूलाई उभ्याउनुभएको छ,’ पौडेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ,‘व्यंग्यचित्रकारिताका माध्यमबाट नेपाली प्रजातान्त्रिक आन्दोलनलाई प्रेरित गर्दै प्रजातन्त्रको संस्थागत विकास र सुदृढीकरणमा विशिष्ट योगदान पुरयाउनुभएको छ ।’

पोखरामा शारीरिक सुगठन कला ल्याउन तथा फोटोग्राफी कला, व्यवसाय विस्तार र प्रशिक्षणमा पनि बरालेका योगदान गरेको पौडेलले उल्लेख गरेका छन् । जन्मभूमि पोखरालाई कर्मथलो बनाएर देशविदेशसम्मै चम्किएका कलाकार बरालको अभिनन्दन गर्नु पोखरेली युवा सांस्कृतिक परिवार र यहाँका साहित्यक तथा वाङ्मयिक संस्थाका निम्ति सुनौलो अवसर भएको पौडेलको भनाइ छ ।

प्रकाशित मिति २०७९ चैत ४ गते शनिबार ०७:३३
हजुरको प्रतिक्रिया