२०८३ साउन २१ गते बिहीबार

वरिष्ठ कलाकार दुर्गा बराल ‘वात्स्यायन’ को पोखरामा भव्य अभिनन्दन

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ चैत ४ गते शनिबार १२:५३

उनको अभिनन्दनका लागि बाटोमा पोखरेलीले आफ्नो घरअगाडी गाग्रीलाई पुष्पगुच्छाले सजाएर स्वागत गरेका थिए ।

पोखरा

चित्रकार तथा कार्टुनिष्ट कलाकार दुर्गा बराल ‘वात्स्यायन’ शनिबार पोखरामा भव्य अभिनन्दन भएको छ । पोखरेली युवा सांस्कृतिक परिवारको अगुवाइमा पोखराका विभिन्न ३२ साहित्यिक र वाङ्मयिक संस्थाको पहलमा पोखरामा रथारोहणसहित अभिनन्दन कार्यक्रम भएको थियो । बराल आजकै दिन ८० वर्ष पूरा गरी ८१ वर्ष प्रवेश गरेका छन् ।

कलाकार बरालकै निवास पोखरा-३ नदीपुरबाट सुरु भएको रथारोहण पोखरा विध्नवासिनी मन्दिर परिसरमा समापन भएको थियो । उनको अभिनन्दनका लागि बाटोमा पोखरेलीले आफ्नो घरअगाडी गाग्रीलाई पुष्पगुच्छाले सजाएर स्वागत गरेका थिए ।

रथारोहणमा पोखरेलीको भव्य उपस्थिति थियो । वरिष्ठ साहित्यकाहरु सरुभक्त, तीर्थ श्रेष्ठसँगै वरिष्ठ गायिका हरिदेवी कोइराला लगायतका कलाकार रथारोहणमा सहभागी भएका थिए ।

प्रकाशित मिति २०७९ चैत ४ गते शनिबार १२:५३
हजुरको प्रतिक्रिया