२०८३ असोज २३ गते शुक्रबार

तनहुँको सहिद कृष्ण क्याम्पसमा नेविसंघका अधिकारी निर्वाचित

तनहुँको सहिद कृष्ण क्याम्पसमा नेविसंघका अधिकारी निर्वाचित

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ चैत ५ गते आइतबार ०५:१९

पोखरा तनहुँको ढोरफिर्दीस्थित शहिद कृष्ण क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को मतदान सकिएर मतपरिणाम पनि आइसकेको छ । यहाँ नेपाली कांग्रेस निकट नेविसंघ र नेकपा माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी) को प्यानल निर्वाचित...

पोखरा

तनहुँको ढोरफिर्दीस्थित शहिद कृष्ण क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को मतदान सकिएर मतपरिणाम पनि आइसकेको छ । यहाँ नेपाली कांग्रेस निकट नेविसंघ र नेकपा माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी) को प्यानल निर्वाचित भएको छ ।

स्ववियु सभापतिमा नेविसंघका विष्णुबहादुर अधिकारी निर्वाचित भए । कुल ४० मतदाता रहेको यो क्याम्पसमा ३७ मत खसेको थियो ।

अधिकारीको पक्षमा २७ मत खस्दा नेकपा एमाले निकट अनेरास्ववियुबाट अध्यक्षका उम्मेद्ववार बनेका मनोज बानियाँले १० मत प्राप्त गरे ।

सचिवमा पनि संयुक्त प्यानलका तर्फबाट उम्मेदवार बनेका नेविसंघका शालिग्राम पोखरेलले २७ मत ल्याएर विजयी हुँदा अनेरास्ववियुका ओमबहादुर महतले १० मत ल्याउँदै विजयी भएका हुन् ।

कोषाध्यक्षमा भने माओवादी निकट अखिल (क्रान्तिकारी) की सुष्मा माकिम निर्विरोध निर्वाचित भइसकेकी थिइन् ।

सदस्यमा दीपिका काफ्ले (३१), प्रमिला पौडेल (३१) विना विक (३०), थमनबहादुर भुजेल (३०) विजयी भए ।

तनहुँका ३ क्याम्पसमा मात्रै स्ववियु निर्वाचन भएको छ । भिमादस्थित जनज्योति क्याम्पस र आँबुखैरेनीको आँबुखैरेनी क्याम्पसमा मतदान जारी छ ।

बेलचौताराको भानुभक्त बहुमुखी क्याम्पस र दमौलीको आदिकवि भानुभक्त क्याम्पसमा भने विद्यार्थी संगठनको विवादका कारण स्ववियु निर्वाचन हुन सकेन ।

प्रकाशित मिति २०७९ चैत ५ गते आइतबार ०५:१९
हजुरको प्रतिक्रिया