२०८३ साउन २१ गते बिहीबार

अनलाइन पत्रकार संघ गण्डकीमा गणेश

अनलाइन पत्रकार संघ गण्डकीमा गणेश

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ चैत ६ गते सोमबार ०१:१२

यसअघि अधिवेशनको उद्घाटन गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले गरेका थिए ।

पोखरा

अनलाइन पत्रकार संघ गण्डकीको आज भएको दोस्रो अधिवेशनले ढाकामोहन बराल गणेशको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा सन्तोष बस्याल, सचिवमा प्रल्हादचन्द्र घिमिरे र कोषध्यक्षमा चन्द्रिका घिमिरे अनिता छन् । सदस्यमा निरज बस्यौला, ऋषिराम दाहाल, सरिता गुरुङ, शुरेशराज अधिकारी, दिपकराज गिरी, सञ्जय आचार्य, प्रविन मगर छन् ।

त्यसैगरी स्याङ्जा जिल्ला संयोजकमा शेखर कोइराला, नवलपुर संयोजक शिव न्यौपाने र कास्की संयोजकमा रोहित बस्नेत छन् । यसअघि अधिवेशनको उद्घाटन गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले गरेका थिए ।अधिवेशनको उद्घाटन सत्र अध्यक्ष कमल सुवेदीको अध्यक्षतामा भएको थियो भने सञ्चालन सचिव सन्तोष वस्यालले गरेका थिए ।

 

प्रकाशित मिति २०७९ चैत ६ गते सोमबार ०१:१२
हजुरको प्रतिक्रिया