२०८३ कात्तिक ११ गते मंगलबार

ठूलो मात्रामा लागु औषधसहित पोखरामा १ जना पक्राउ

ठूलो मात्रामा लागु औषधसहित पोखरामा १ जना पक्राउ

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ चैत ८ गते बुधबार ०७:२९

कास्की जिल्ला अदालतबाट लागु औषधसम्बन्धी मुद्दामा १५ दिन म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

पोखरा

प्रहरीले लागु औषधसहित एक जनालाई पोखरामा पक्राउ गरेको छ । पोखरा  १३ कुडहर बस्ने ३० वर्षीय कृष्ण हमाल पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।

उनको डेराबाट लागु औषध डाइजापाम २ सय ७ एम्पुल, फेनारगन २ सय ७ एम्पुल र नुफिन २ सय ७ एम्पुल गरी ६ सय २१ एम्पुल लागु औषध बरामद भएको कास्की प्रहरी प्रवक्ता डिएसपी श्रवणकुमार बिकले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय कास्की र लागु औषध नियन्त्रण ब्युरो शाखा कार्यालय पोखराबाट खटिएको संयुक्त प्रहरी टोलीले उनलाई सोमबार पक्राउ गरेको हो । कास्की जिल्ला अदालतबाट लागु औषधसम्बन्धी मुद्दामा १५  दिन म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

प्रकाशित मिति २०७९ चैत ८ गते बुधबार ०७:२९
हजुरको प्रतिक्रिया