२०८३ साउन २१ गते बिहीबार

पोखरामा खुल्यो ‘पाल्पा हाउस’: पाइन्छ बटुक, चुकाउनी र ढाका

पोखरामा खुल्यो ‘पाल्पा हाउस’: पाइन्छ बटुक, चुकाउनी र ढाका

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ चैत ८ गते बुधबार ०४:५५

पाल्पा जन्मथलो भई पोखरालाई कर्मथलो बनाएकाहरूले उक्त भवन सञ्चालनमा ल्याउने तयारी गरेका छन् ।

पोखरा । प्रेमको प्रतिक मानिने पाल्पाको रानीमहलको बाह्य आवरणको झल्को दिने गरी पोखराको न्यूरोडमा ‘पाल्पा हाउस’ खुलेको छ । पाल्पा जन्मथलो भई पोखरालाई कर्मथलो बनाएकाहरूले उक्त भवन सञ्चालनमा ल्याउने तयारी गरेका छन् ।

१७ वटा व्यावसायिक सटर रहेको भवन आगामी शुक्रबारदेखि सञ्चालनमा ल्याउने तयारी छ । यो भवनबाट पाल्पाली ढाका, करुवा र पाल्पामा उत्पादित फलफूल, तरकारी बिक्री गरिने पाल्पा हाउस प्रालिका अध्यक्ष कुलप्रसाद घिमिरेले बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।

कास्कीको पहिचान मानिने जेठोबुढो पनि बजारीकरणका लागि राखिने छ । पाल्पाली परिकार चुकाउनी, बटुक, मिसमास, छोयलालगायतको स्वाद पोखरेलीलाई चखाउन ‘रानीमहल रेष्टुरेन्ट’ पनि भवनमा खोलिएको अध्यक्ष घिमिरेले बताए ।

करिब दुई करोड रुपैयाँमा बनेको भवन आगामी शुक्रबार पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य र पाल्पाको तानसेन नगरपालिकाका प्रमुख सन्तोषलाल श्रेष्ठले उद्घाटन गर्ने छन् । उद्घाटनपछि एक हप्तासम्म हरेक सटर र रेष्टुरेन्टमा ग्राहकलाई १० प्रतिशत छुट दिइने अध्यक्ष घिमिरेले जानकारी दिए ।

प्रकाशित मिति २०७९ चैत ८ गते बुधबार ०४:५५
हजुरको प्रतिक्रिया