२०८३ साउन २१ गते बिहीबार

गोरखामा हिउँमा फसेका २ जनाको उद्धार

गोरखामा हिउँमा फसेका २ जनाको उद्धार

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ चैत ९ गते बिहीबार ०९:१९

हिउँमा फेसका उनीहरुलाई आज बिहान उद्धार गरिएको गोरखा प्रहरीले जानकारी दिएको छ ।

गोरखा

गोरखामा हिउँमा फसेका २ जनाको उद्धार गरिएको छ । गोरखाको लार्केपास जाँदै गर्दा हिउँमा फसेका नवलपुर कावासोतीका सौरभ खनाल र अनिता घलेलाई प्रहरीले उद्धार गरेको हो ।

बुधबार बिहान सामागाउँको लार्केगाउँबाट त्यसफर्त जाँदै गर्दा हिउँमा फसेका उनीहरुलाई आज बिहान उद्धार गरिएको गोरखा प्रहरीले जानकारी दिएको छ ।

हिउँमा फसेको जानकारी आएपछि स्थानीय बासिन्दाको सहयोगमा प्रहरीले उनीहरुलाई उद्धार गरी अहिले धर्मशाला भन्ने ठाउँमा राखेको छ । उनीहरू धर्मशालाबाट करिब दुई घन्टा माथि बाटोमा हिउँमा फसेका थिए । प्रहरीका अनुसार गोरखाको जिल्ला प्रशासन कार्यालयमार्फत् हेलिकप्टर ल्याउनका लागि पहल भइरहेको छ ।

 

प्रकाशित मिति २०७९ चैत ९ गते बिहीबार ०९:१९
हजुरको प्रतिक्रिया